नेपाली समय: ०८:१२:३५ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ ‌औं महासभामा भाग लिन परिसंघ उपाध्यक्ष अग्रवाल जेनेभा प्रस्थान

निर्माण सञ्चार, २७, जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ ‌औं महासभामा भाग लिन आइतबार जेनेभा गएका छन् ।

नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ ।

यस अवसरले नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग परिसंघ र मुलुकको निजी क्षेत्रबीचको सम्बन्ध थप सुमधुर रहेको देखाएको छ ।

निजी क्षेत्रको ६० प्रतिशत भन्दा बढी औपचारिक रोजगारी प्रदान गर्दै आएको क्षेत्रको परिसंघका उद्योग प्रतिष्ठानहरु एवं ट्रेड युनियनहरु बीचको औद्योगिक सम्बन्ध विश्वासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।



प्रकाशित: २०७६ जेठ २७
June 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार