नेपाली समय: ०९:५७:०३ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

जुम्लामा पहिलो पटक ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा

निर्माण सञ्चार, २९ जेठ, जुम्ला । जुम्लाको तिला गाउँपालिका ३ स्थित कुडारी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सहितको पहिलो पटक भिडियो एक्सरे सेवा संचालन सुरु भएको छ ।

जुम्ला तिला गाउँपालिका ३ की कालिका भट्टराई अहिले ३ महिनाकी गर्भवती छन् । उनले पहिलो गर्भजाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराएकी छन् ।

दुई ज्यानलाई बोकेर घरदेखि सदरमुकाम जानु पर्ने, लाईनमा बस्नुपर्ने, कहिले विद्युत नहुँदा फर्किनु पर्ने चिन्ताले उनलाई सताएको थियो ।

तर गाउँ नजिकैको स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा संचालन भएपनि निकै खुसी छन् । 

अब घरमै बसेर चेकजाँच हुने भयो, उनले भनिन, पैसा पनि बच्ने, आउने जाने झन्झट पनि गयो, अब दोस्रो चार महिनाको चेकजाँच तथा भिडियो एक्सरेका लागि स्वास्थ्य चौकीमै जाने बताईन ।

अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा उद्घाटन्


तिला गाउँपालिकाको ३ स्थित कुडारी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सहितको भिडियो एक्सरे सेवा संचालन भएको छ ।

उक्त सेवा कर्णालीमै पहिलो पटक नागकिलाई स्वास्थ्य सेवाको पहुँचमा पुराउने लक्ष्यका साथ लाखौ रकम खर्च गरी भिडियो एक्सरे सेवा संचालन ल्याइएको हो । 

कुडारी स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्र उपाध्यायले भने, ‘सुरक्षित मातृत्वका लागि ग्रामिण अल्ट्रासाउण्ड  भिडियो एक्सरे कार्यक्रम’ अन्तरर्गत गाउँमै यो सेवा संचालन गरिएको हो ।

जसको उद्घाटन आईतबार जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले गरेका छन् ।
दुर्गमका गर्भवती महिलाहरुको समस्या तथा जटिलता पत्ता लगाई उपचारमा प्रमुख सार्कीको विश्वास छ । 

अल्ट्रासाउण्ड सहितको भिडियो एक्सरे सेवा संचालन पश्चात दुर्गमका महिलाहरुमा सुत्केरी समस्या भोग्नु पर्ने कष्टबाट छुटकरा पाउने उनको भनाई छ ।

दुर्गमका गर्भवतीहरुको समस्या पत्ता लगाउन अल्ट्रासाउण्ड सेवाको अरु विकल्प छैन् । तिला गाउँपालिकाका अध्यक्ष रतनाथ योगीले भने, मातृ तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ गाउँमै अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा संचालन भएको उनको भनाई छ ।

सबै गर्भवती लाई स्वास्थ्य संस्थामै आउने समेत उनले आग्रह गरे । 

अल्ट्रासाउण्ड सेवा संचालनमा ६ लाख खर्च


सुरक्षित मातृत्वका लागि ग्रामिण अल्ट्रासाउण्ड भिडियो एक्सरे कार्यक्रमका लागि झण्डै ६ लाख बजेट विनियोजि गरिएको थियो ।

अल्ट्रासाउण्ड खरिदमा ४ लाख ९५ हजार, एप्रोन भिडियो एक्सरे, प्रिन्ट, पेपर, कपडा, मल्टीपलग, खरिदमा ४ हजार ९ सय ९८ रुपैया,  तालिम संचालन, उद्घाटन, रेडियोलोजिष्ट, गर्भवती केश प्रयोगात्म्क कक्षा तथा विविध गरी १ लाख खर्च भएको कुडारी स्वास्थ्य चौकीका ईनचार्ज विरेन्द्र उपाध्यायले बताए । 

उनका अनुसार बजेट कम भएपनि अनुदान सहयोगमा ल्याएको र ब्याकप सिस्टम पहिलनै भएकोले सहज भएको उल्लेख गरे । 

 



प्रकाशित: २०७६ जेठ २९
June 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार