नेपाली समय: १०:३८:२६ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

नयाँ नयाँ काम गर्दै नेइएः सुरु गर्यो १० लाखको दुर्घटना बिमा

निर्माण सञ्चार, २ असार, ०७६, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले नयाँ कामहरु आरम्भ गरेको शृंखला भित्र अर्काे नयाँ अध्याय थपेको छ, आफ्ना इन्जिनियर्स सदस्यभित्र १० लाख रुपियाँसम्मको बिमा सुरुआत गरेर ।

असार मसान्तभित्र नेइएको सदस्यता नवीकरण सहितको सर्त अनुसार एसोसिएसनमा सम्पर्क गर्न समेत नेइए कार्यसमितिले भनेको छ ।

भरखरै मात्र निर्णय गरेको नेइएले आरम्भ गरेका नयाँ कामहरु मध्ये यो पनि एक हो ।

निर्णयबारे सूचना जारी गर्दै नेइएले उक्त बिमा सुरक्षणमा समाहित हुन साधारण वा आजीवन सदस्यहरुले एसोसिएसनले तोकेको अवधिभित्र सदस्यता नवीकरण सहित सम्पर्क गर्न भनेको छ ।

प्रगतिशील समूहबाट विजयी भई नेपाल इन्जिनियर्स एसोसिएसनको नेतृत्व गर्न पुगेको वर्तमान नेतृत्वले नेइमा केही फरक कामहरु सुरु गरे मध्ये यो त्यस्तै, नयाँ काम हो, जसको दूरगामी महत्त्व रहने इन्जिनियर्सहरु बताउँछन् ।

सूचनामा भनिएको छ, ‘प्रत्येक आर्थिक वर्षमा एशोसिएसनका सम्पूर्ण सदस्यहरुको प्रति व्यक्ति बिमांक रु. १०,००,०००।– (दश लाख) बराबरको दुर्घटना बिमा सुरक्षणमा समाहित गर्ने निर्णय गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।’

नेइएले जनाए अनुसार उक्त बिमा सुरक्षणमा समाहित हुन सदस्यहरुले आ–आफ्नो सदस्यता नवीकरण गर्न वा साधारण÷आजिवन सदस्यता लिनका लागि २०७६ साल असार मसान्त भित्र केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पर्क गर्नु पर्ने छ । 

साथै, सदस्यहरुले आफ्नो प्रदेश वा केन्द्रबाट एशोसिएसनको वेबसाइटमार्फत् पनि आवेदन गर्न सकिने अध्यक्ष डा त्रिरत्न बज्राचार्यले जानकारी दिए ।
यो अवसर आर्थिक वर्ष २०७६÷७७ को लागि २०७६ असार मसान्तसम्म आजीवन सदस्यता लिइसकेका तथा नवीकृत सदस्यहरुलाई मात्र दुर्घटना बिमामा समावेश गरिने बताइएको छ ।

आकर्षणको नयाँ काइदा

नेइए ५० वर्ष बढी इतिहास बोकेको संस्था भएपनि ठूलो संख्यामा इन्जिनियरहरु आफ्नो छाता संगठनमा आबद्ध हुन नचाहेको आरोप छ ।

निर्वाचनका बेला उक्त समस्या हल गर्ने समेत घोषणा गरेको वर्तमान नेतृत्वले नेइए प्रति आकर्षित गर्न पनि यसखाले कदम चालेको देखिन्छ ।
लगभग ५० हजारले काउन्सिलबाट सदस्यता लिएर पनि नेइएप्रति पेसागत प्राविधिकहरुको चासो नहुनुका पछाडि आकर्षण नभएरै हो ।

सदस्यहरुको बिमा सुरु गर्दा आकर्षण पनि बढ्ने र पेसागत रुपले संगठित हुने अभियानको नयाँ स्वरुपले वैधानिक रुप पनि दिने हुँदा वर्तमान नेतृत्वले यसखाले अभियान सुरु गरेको देखिन्छ ।

निर्वाचन जितेलगत्तै पहिलो वैठकबाटै कार्यभार बाँडफाँड गरेको नेइएले विभिन्न उपसमिति मार्फत् विभिन्न कामहरु अघि बढाएको थियो ।

उपमहासचिव इन्जिनियर कपिल आचार्य संयोजक रहेको इन्जिनियर बिमा कार्यक्रम अध्ययन टोलीले करिब साँढे २ महिना लगाएर गरेको अध्ययन प्रतिवेदनका आधारमा नेइए कार्यसमितिले यो निर्णय लिएको उपमहासचिव आचार्यले बताए ।

यस्तो छ सूचना
 

https://www.facebook.com/neanepal/photos/pob.100000556964155/2327986537471887/?type=3&theater  

 

५७ औं इन्जिनियर्स दिवस समारोह सम्पन्न गर्दै नेइए

साथै, एसोसिएसनले आउने साउन ३ गते पर्ने इन्जिनियर्स दिवसलाई नयाँ तरिकाले मनाउने निर्णय गरेको छ । विभिन्न ६ विधा भित्र रही इन्जिनियरिङ तथा राष्ट्रको उत्थानमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने तयारी गरेको महासचिव छवि पोखरेलले जानकारी दिएका हुन् ।

सम्मान गर्ने विधाहरु

  • Life Time Achievement Award.  (५ जना सदस्यहरुले संयुक्त सिफारिस गरी पठाउनुपर्ने)
  • Distinguished Entrepreneurship Award.
  • Martyr Er. Nawaraj Bista Memorial Award.
  • Outstanding Youth Professional Award.
  • Outstanding Woman Engineer Award.
  • Engineers' Appreciation Award.
यसका लागि नेइएले आवश्यक व्यक्तिहरुबाट आवेदन संकलन गरिसकेको छ जसका लागि अन्तिम मूल्यांकन गरी सम्मानका लागि निर्णय लिइने छ ।

 

 

०००

पढौं यो पनि

 

To See Front Face Coverage, Click Here



प्रकाशित: २०७६ आषाढ २
June 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार