नेपाली समय: ०४:५२:०८ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

थापाले पनि फायर खोलेपछि नेकपाभित्र अर्काे तरंग– अपरिभाषित ‘जनताको जनवाद’ बतासे अण्डा भन्दै ‘वैचारिक शून्यता’ विरुद्ध कडा आलोचना

निर्माण सञ्चार, ८ असार, काठमाडौं । विचार बिहीन अवस्थामा कम्युनिस्ट पार्टी रहनै नसक्ने मान्यता बोक्ने नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टीहरु (तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र) एकता प्रक्रियासँगैको यो अवधिभर विचारका हिसाबले ‘शून्य’ अवस्थामा झरेका थिए । 

विचारको शून्यता माक्र्सवादी आन्दोलनका लागि भयंकर कहालीलाग्दो ‘भ्याकुम’ का रुपमा चित्रण गरिएका विश्वका धेरै सन्दर्भहरु ब्यँुझाउने गरी यतिबेला ‘वैचारिक शून्यता’ चिर्न खुलेआम फायरहरु खोलिन थालेका छन् ।

यही क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य थापाले वैचारिक भ्याकुम माथि अर्काे प्रहार गरे । जसले फायर खोले लगत्तै अर्काे तरंग आएको हो ।  

होसियार, नेकपा तँलाई विचारका नाउँमा ती कुरा गर्न छुट छैन, जुन कुरा २०४७ पछि तत्कालीन नेकाले गरेको थियो, र मुलुकलाई अन्त्यहीन दुष्चक्रभित्र फसाएको थियो ! 

वैचाकिर युवा नेताको पहिचान बनाएका थापाले शनिबार साँझ आफ्नो फेसबुक वालमा एउटा स्टाटस हाले । उनले व्यक्त गरेको उक्त स्टाटसले नयाँ तरंग पैदा गरेको छ ।

उनको स्टाटस ‘विचार विहीन अवस्थामा नेकपालाई धकेल्ने खेलका पछाडि कसैको कहालीलाग्दो मक्सद त लुकेको छैन ?’ भन्ने नेकपा कार्यकर्ताहरु भित्र हुर्कदै गएको पछिल्लो आशंकालाई बल पुराउने खालको छ ।

यसै पनि नेकपा एमाले रहँदैका आवस्थामा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद पक्षधरहरुकै बीचमा पनि दुई पक्ष थिए, जनताको बहुदलीय जनवाद भन्ने कार्यक्रमिक वैचारिक डकुमेन्टमा फुलस्टप र कमा पनि परिवर्तन हुन नहुने भन्ने र त्यसमाथि फरक मान्यता राख्ने गरी दुई खेमाहरु रहेकै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, वामदेव गौतम त्यही जनताको बहुदलीय जनवादकै पक्षमा ‘दृढ’ विश्वास राख्नेभित्रको एकताका नाउँमा ९ औं महाधिवेशनमा ध्रुवीकरण भएको थियो । जसबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका थिए ।

उनको स्टाटस ‘विचार विहीन अवस्थामा नेकपालाई धकेल्ने खेलका पछाडि कसैको कहालीलाग्दो मक्सद त लुकेको छैन ?’ भन्ने नेकपा कार्यकर्ताहरु भित्र हुर्कदै गएको पछिल्लो आशंकालाई बल पुराउने खालको छ

घनश्याम भुसालले भने आफूलाई पछिल्ला दिनसम्म नै जबजका सन्दर्भमा फरक ध्रुवका नेताका रुपमा उभ्याउँदै आएका छन् ।

त्यसो त, पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधव कुमार नेपाल र वर्तमान प्रधानमन्त्री ओलीलाई जनताको बहुदलीय जनवादको कट्टर पक्षधरका रुपमै हेरिन्छ ।

यता, स्थानीय चुनावी परिणाम लगत्तै तत्कालीन दुई कम्युनिस्ट पार्टीहरु प्राविधिक एकताका रुपमा टाँसिदै गए ।

धेरैले तत्कालीन नेकपा माओवादी केन्द्र, जसको आजीवन अध्यक्षका रुपमा दशकौंदेखि रहेका ‘प्रचण्डलाई आमनिर्वाचन पछि पार्टी पत्तासाफ हुने डरले एमालेमा जोडिन आएको’ भन्ने आरोप समेत लागेको थियो ।

यता जसरी पनि शक्तिशाली पार्टी बन्ने र सत्तामा जान एकतालाई प्रयोग गर्ने खोजिएको भन्ने आरोप तत्कालीन एमाले अध्यक्ष रहेका ओलीलाई लागेको थियो ।

जेजस्तो आरोप प्रत्यारोपका बीचमा पनि दुई कम्युनिस्ट पार्टीहरुको एकतालाई मुलुकले निर्वाचनबाटै ‘अनुमोदन’ गरिदिएका रुपमा समेत अथ्र्याइयो । किनकि, एकता गरेका दुई कम्युनिस्टहरुकै गठबन्धनले झन्डै दुई तिहाइ अभिमत पाउन सफल पनि भयो ।

त्यसो त, पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधव कुमार नेपाल र वर्तमान प्रधानमन्त्री ओलीलाई जनताको बहुदलीय जनवादको कट्टर पक्षधरका रुपमै हेरिन्छ

उक्त एकताभित्र पर्न अरु त अरु ‘कम्युनिस्ट पार्टीको मान्यता र माक्र्सवाद छाडिसकेँ’ भनेर सार्वजनिक रुपमै बकपत्र गरिसकेको तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराई समेत ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनालका बीचमा उभिएका हात जोल्ठ्याउन पुगेबाट त्यतिबेला कम्युनिस्ट पार्टीको एकताको ‘चार्म’ कति थियो भन्ने आँकलन गर्न सकिन्छ ।

मुलुकले कम्युनिस्टहरुको एउटै पार्टी भएको हेर्न चाहेको कुरा निर्वाचन पछि प्राप्त मतले पनि जनाएको कुरा सर्वविदित सत्य नै हो ।

‘जनताको जनवाद’ बतासे अण्डा !

तर, यतिबेला यी दुई पार्टीहरुको एकतामा दरार त पैदा हुँदै छैन भन्ने कोणबाट हुरी बतासझै टिकाटिप्पणी उठिरहेका छन् । 

पार्टी एकता गर्दा दुई प्रमुख कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विचारको पाटोका हकमा सहमति जनाएको शब्द थियो ‘जनताको जनवाद’ ।

पार्टी एकताको झन्डै २ वर्ष बितिसक्ता पनि वैचारिक विषयबारे कुनै ठोस कुरा नआएपछि वैचारिक सिद्धान्तविहीन हुने बानी नै नभएका नेकपाका कार्यकर्ताहरु जतिबेला पनि ‘हाम्रो विचार के हो ?’ भन्ने हुटहुटीमा देखिनु अस्वाभाविक पनि होइन । 

थापाले राखेका तर्क र तिनको वर्तमान सान्दर्भिकता

नेता सूर्य थापा विचार राख्नेहरुमा समेत गनिने नेता हुन् । उनले खोलेको फायर आफैंमा कमजोर भने होइन र छैन । कम्युनिस्ट आन्दोलन सहित मुलुकको आगतबारे चिन्ता राख्ने नेताले यसरी वैचारिक प्रस्तावहरु स्वतन्त्र रुपले राख्नु पनि पर्छ र बहसमा उत्रनु पनि पर्छ ।

जनताको जावादमाथि एकखाले व्यङ्ग्य गर्दै थापाले लेखेका छन्, ‘रोल नं १५ वाला जनताको जनवाद– पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत ‘दुई शब्द’ को अस्तित्वमा झुल्किएको थियो । यसको न अवधारणा छ, न परिकल्पना नै ! दस्तावेज त छदैछैन । यो कुन चरीको नाम हो ? कसैलाई थाहा छैन ।’ 

उनले यसखाले भ्याकुमको यात्रालाई स्वीकार गर्न नसकिने तर्क गरेका छन् । उनका अनुसार ‘यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो ।’

उनले विश्व कम्युनिस्ट आन्दोलनले विश्वभर प्रयोग गर्ने गरेका विभिन्न शब्दजालहरु मध्ये १५ वटा शब्दहरु अघि सारेका छन् ।

ती हुन्– १. नौलो जनवाद २. राष्ट्रिय प्रजातन्त्र ३. नयाँ जनवाद ४. देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार ५. बोधिसत्व जनवाद ६. जनताको बहुदलीय जनवाद ७. परिमार्जित नौलो जनवाद ८. वातावरणीय जनवाद ९. सामाजिक जनवाद १०. राष्ट्रिय जनवाद ११. प्रचण्डपथ १२. एक्काइसौँ शताब्दीको जनवाद १३. प्रजातान्त्रिक समाजवाद १४. वैज्ञानिक समाजवाद र १५. जनताको जनवाद ।

उल्लिखितमध्ये १४ थरी जन–समाजवाद पढ्न, बुझ्न र ब्याख्या गर्न दस्तावेज उपलब्ध छन् । सही वा गलत दस्तावेजको आधारमा बहस र छलफल गरी दृष्टिकोण बनाउन सकिने उनको तर्क छ ।

यसैक्रममा उनले रोल नं १५ वाला जनताको जनवाद– पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत ‘दुई शब्द’ को अस्तित्वमा झुल्किएको र यसको न अवधारणा न परिकल्पना नै रहेको बताएका हुन् ।

दस्ताबेज नभएको यो शब्द ‘कुन चरीको नाम हो ?’ सोधेका छन् ।

उनका अनुसार, ‘यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो ।’

त्यसैले उनी ‘माछा मिठा काँडा तिता भनेजस्तो जबजको मार्गदर्शनमा चुनाव लड्ने र जित्ने, सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने, सरकारले जनताको पक्षमा काम गरेर प्रतिस्पर्धामा श्रेष्ठ बन्दै समाजवादउन्मुख कार्यक्रम लागू गर्ने निष्कर्ष स्वीकार गर्ने, तर जबज भन्न कब्जियत भएकोजस्तो रवैया किन प्रदर्शन गर्ने ?’धारणा रखेका छन् ।

पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत ‘दुई शब्द’ को अस्तित्वमा झुल्किएको र यसको न अवधारणा न परिकल्पना नै रहेको बताएका हुन् । दस्ताबेज नभएको यो शब्द ‘कुन चरीको नाम हो ?’ सोधेका छन् । उनका अनुसार, ‘यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो ।’

उनले मदन भण्डारी विचारका हिसाबल अब्बल नेता रहेको तर्क साबित गर्दै भनेका छन्, ‘मदन भण्डारीबाहेक नेपालमा १२–२७ थरी कुन जनवादले आज पार्टीले अवलम्बन गरेको बाटो देखाएको छ ?’

त्यतातिर तर्क बहस नगर्न भन्दै उनले अघि भनेका छन्, ‘तर चार पानाको सही लघु आकारमै किन नहोस, नेतृत्वले यो हो जनताको जनवाद भनेर रूप, सार र आकार प्रस्तुत गर्नुपर्दैन ?’

नेतृत्वले विचारको शूण्यतामा मुलुक र पार्टीलाई हिँडाउन नमिल्ने उनको जिरिह छ । त्यसैले कुनै न कुनै रुपमा वैचारिक दस्ताबेजको माग उनले गरेका छन् ।

‘एकता पछिका १४ महिनासम्म कोरल्दा पनि चल्ला नहुने यो कस्तो बतासे फुल हो ?’ उनको प्रश्न छ । उनी अघि भन्छन्, ‘हामी निराकार अन्धविश्वासका शोकमग्न यात्री हौ र ?’

अब यस्तो निराकारको यात्रा गर्न नसकिने भन्दै उनले ‘जनताको जनवादको वायुपंखी घोडा चढ्ने भनेर पुगिन्छ कहाँ ?’ यसमाथि उनको आशंका पनि देखिन्छ ।

प्रश्न गरेका छन्, ‘यो सब के हो ? किन यसको रटान ? अस्तित्वमै नभएको बुटीलाई पार्टीको फहराइरहेको झण्डा स्वीकार गरेर बुलन्द गर्न कसरी संभव होला ?’ 

उनले पार्टी अध्यक्षद्वयका नाउँमा ‘विनम्रतापूर्वक जिज्ञासा’ राख्दै ‘खाली कागजमा जनताको जनवादको मसी भर्न नसक्ने हो भने यसले स्पष्ट दिशानिर्देश पनि कदापि गर्न संभव छैन ।

र, वैचारिक रूपमा अन्योलग्रस्त वा मनोगत बनेर समाज र राष्ट्रको नेतृत्व गरिरहन संभव नहुने निश्चित छ’ भनेका छन् ।

थापाले लेखेका छन्– 

https://www.facebook.com/surya.thapa.754918/posts/2324768434282314  

उनले पार्टी एकता ताकाको सन्दर्भमा जुराइएको नामलाई ‘बतासे अण्डा’को संज्ञा दिएका छन् ।

किनभने, तत्कालीन अवस्थामा एकताका लागि आउन जनताको बहुदलीय जनावादले ‘आफूलाई कता कता नैतिक बल नदिएकाले नाम फेरौं कि कमरेड’ भन्ने प्रचण्ड प्रस्तावलाई ‘हुन्छ नि त, प्राविधिक पाटो प्रधान हुँदा वैचारिक कुरा के हुने भन्ने टेन्सन नलिउँ, एकतापछि यसबारे छिनोफानो गरौंला’ भन्ने ओली आशयका बीचबाट तेस्रो अण्डा जन्मेको थियो, जनताको जनवाद । 

हुनत कम्युनिस्ट पार्टीहरुको विश्व आन्दोलनको फेरो मार्ने हो भने यस्ता शब्दहरुका प्रयोग कति हुन् कति देखिएका छन् । कति त फेलर भएर अस्ताइसके । तर, नेपालको सन्दर्भमा विचारै नभए पनि वैचारिक देखाउन लहड गरिरहने नेताको कमी छैन । 

एकताका लागि आउन जनताको बहुदलीय जनावादले ‘आफूलाई कता कता नैतिक बल नदिएकाले नाम फेरौं कि कमरेड’ भन्ने प्रचण्ड प्रस्तावलाई ‘हुन्छ नि त, प्राविधिक पाटो प्रधान हुँदा वैचारिक कुरा के हुने भन्ने टेन्सन नलिउँ, एकतापछि यसबारे छिनोफानो गरौंला’ भन्ने ओली आशयका बीचबाट तेस्रो अण्डा जन्मेको थियो, जनताको जनवाद

यही सन्दर्भमा एकताको एकता टुंग्याइसकेको नेकपा विचारको ‘ग्रेट विवाद’मा बिस्तारै फस्न रुचि राखिरहेको देखिन्छ । रुचिका साथ विवादमा फस्ने कुराले अरुचि पैदा गर्ला या रुचिका साथ समाधान ? 

प्राविधिक कुरा लगभग टुंगिएको बताइरहेको नेकपा नेताहरु आफै नै वैचारिक ध्रुवीकरणमा जुटिरहेको सन्देश दिइरहेका छन् ।
सुरुमा यसको फायर खोल्ने काम गरे तत्कालीन महासचिव समेत रहेका वर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले ।

उनले फायर खोलेसँगै धेरै कोणबाट बहस उठिरहेका थिए । महाधिवेशनको हलमा गएर टुंगिनु पर्ने कुरामा किन यस्तो अर्घेल्याइँ भन्ने जस्ता टिप्पणी पनि उठे ।

‘ग्रट डिबेट’को आह्वान

यता दुई अध्यक्ष मध्ये प्रचण्डले जनताको बहुदलीय जनवादको आवश्यकता र औचित्य नरहेकै आशयमा एकदुई स्थानमा भाषणै गरेपछि यो मुद्दा स्पष्ट रुपले सतहमा देखिएको हो ।

एकता टुंग्याइसकेको नेकपा विचारको ‘ग्रेट विवाद’मा बिस्तारै फस्न रुचि राखिरहेको देखिन्छ । रुचिका साथ विवादमा फस्ने कुराले अरुचि पैदा गर्ला या रुचिका साथ समाधान ? 

स्मरणरहोस्, नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञाप्रतिष्ठानमा केही दिन अघि (डेढ महिना) माक्र्स द्विशतवार्षिकी समारोहलाई सम्बोधन गर्दै ‘अब वैचारिक मार्गनिर्देश गर्नेबारे पनि खुला भएर कमरेडहरुलाई बहसमा उत्रन म आपिल गर्दछु । कम्युनिस्ट पार्टीभित्र विचारको प्रयोग पनि एक पछि अर्काे गरी हुने गर्छ । र, परिवर्तित सन्दर्भमा नयाँ नयाँ रुपबाट माक्र्सवादको प्रयोग भइनै रहेको छ । म यही मञ्चबाट हाम्रो कम्युनिस्ट पार्टीको अबको विचारको बाटोबारे स्पष्ट रुपमा ग्रेट डिबेटमा सरिक हुन आह्वान नै गर्दछु ।’

सभापछि बाहिरिदै गरेको नेकपा कार्यकर्ताहरुले टिप्पणी गरेका थिए, ‘घुमाउरो रुपमा नेता प्रचण्डले स्वर्गीय मदन भण्डारीपछिको मदन अब म आफू बन्ने छु है’ भने है’ भनेको पनि सुनियो । 

केहीले त जबजको औचित्य समाप्त पार्ने गरी प्रचण्डले ग्रेट डिबेटको नाउँमा नयाँ हमाल गरे’ भनेको पनि सुनियो ।

यतिबेलै किन ?

‘ग्रेट डिबेट’ आह्वान गरेका प्रचण्डका लागि यो तरंग कित अपेक्षित नै थियो, कि त आफूले चाहेजसरी जबजको भन्दा फरक कित्ताबाट बहस ध्रवीकृत भएर आओस् भन्ने नै थियो भन्ने बुझ्न कठिन पर्र्दैन । 

उनले आह्वान गरेजस्तै यतिबेला ‘ग्रेट डिबेट’ सतहमै उत्रिरहेको छ । एकताका लभगभ धेरै कुराहरु टुंगिसकेको अवस्थामा यतिबेला वैचारिक लडाइँ पेचिलो भएर देखिएको हो ।

हिजो मात्रै सम्पन्न स्थायी समिति वैठकमै अध्यक्ष ओलीले राजनीतिक दस्ताबेज परिमार्जनको प्रस्ताव राखेपछि प्रचण्ड सहितका केही नेताले जबजकै पक्षमा ओलीले राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने खोजेको आरोप समेत लगाएको अवस्था छ ।

यही बीच अर्काे अध्यक्ष प्रचण्डले आफ्नो निवासमा आफू निकट नेताहरु बोलाएर भेला गरिसकेको अवस्था छ ।

विचार बिना कम्युनिस्ट पार्टी रहनै सक्तैन भन्ने मान्यता लिएका यी दुई कम्युनिस्ट पार्टीहरुले चुनावदेखि आजसम्म कसरी अघि आउन सके ?
पार्टी एकताको प्राविधिक प्रक्रियामा जुटिरहँदा वैचारिक शून्यतामा रहेका यिनीहरु ‘ठूला नेताहरुको बोली र सहमतीय मापदण्डलाई नै विचार मान्दै आएका थिए । 

यी दुई वर्ष सत्तारुढ नेकपा लगभग वैधानिक विचार र वादका हिसाबले ‘शून्य’ अवस्थामा रहन गयो । तर, अब विचारको पक्षधरताका सवालमा स्वार्थहरु फरक फरक कोणबाट उठिरहेका छन् । 

होसियार, छुट छैन !

विचारको दुई लाइन संघर्षमा उत्रिएको सत्तारुढ कम्युनिस्ट पार्टीलाई यतिबेला विचार दिँदा आफू अनुकूल दिने र भ्रम छर्ने छुट भने छैन ।
अनि यस्तो पनि छुट छैन कि, कतिपय विश्लेषकहरुले भनेजस्तै, आजको नेकपा तत्कालीन बहुदलीय व्यवस्थाको काँग्रेस जसरी नै प्रपञ्चमा फस्न लागेको छ ।

तत्कालीन सत्तारुढ काँग्रेसका गिरिजा प्रसाद कोइराला आफू शक्तिशाली बन्ने नाउँमा कृष्ण प्रसाद भट्टराईलाई किनारा लगाउन थाले ।
किनारा पनि लगाए, तर सत्ता उन्मादले काँग्रेसले पटके मध्यावधि निर्वाचन गराउने, भ्रष्टाचार र लुटतन्त्र मच्चाउन छाडेन ।

०४७ साल पछिको एउटा सिनारियो यतिबेला सतहमा टाँगिएको छ–सत्ताको केन्द्रमै रहेर पनि काँग्रेस पतन मात्र भएन मुलुकलाई पनि नराम्रो दिशामा घचेट्यो । हो, यही छुट आजको नेकपालाई न त इतिहासले दिन्छ, न त परिवर्तित सन्दर्भ र शक्ति सन्तुलनले नै । न त जनताको विकास भएको सचेतनाले

उसको त्यतिबेलको शासनमा विधि, पद्धति र विचार कहिलै पनि केन्द्रमा रहेन । न त मुलुकको उन्नति, समृद्धि र विकास नै । फगत पार्टीभित्र को बलियो हुने भन्ने लडाइँमा कोइराला नेतृत्वको ७४ र वर्तमान सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको ३६ से बीच अन्तहीन द्वन्द्व चलिरह्यो ।

अन्ततः काँग्रेसको द्वन्द्वले दरबारलाई संवैधानिक दायारा बाहिर आउने बाटोमा मलजल गर्यो अर्काेतिर तत्कालीन हिंसात्मक बाटोमा हिडेको माओवादी विद्रोहलाई बल पुर्यायो ।

सत्ताको केन्द्रमै रहेर पनि काँग्रेस पतन मात्र भएन मुलुकलाई पनि नराम्रो दिशामा घचेट्यो ।

हो, यही छुट आजको नेकपालाई न त इतिहासले दिन्छ, न त परिवर्तित सन्दर्भ र शक्ति सन्तुलनले नै । न त जनताको विकास भएको सचेतनाले ।

भलै ओली, प्रचण्ड, वा अरु कुनै को पहिलो भन्ने युद्धको मोर्चामा उभिएका किन नहुन्, नेकपाको वैचारिक मार्ग प्रर्दशन जसरी मदन भण्डारीले को पहिलो भन्ने जुँगाको लडाइँलाई केन्द्रमा नराखी गरेका थिए, त्यसरी नै गर्ने सक्ने युगीन लिडरसिप–स्टेटमेनसिपको अ‍ेपेक्षा राखेको छ ।

यसमै मुलुक र दुनियाँको भलाइ होला, सबैलाई चेतना भया !

OOO

 

To see Front Face Coverage, Click Here

 

 


 



प्रकाशित: २०७६ आषाढ ८
June 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार