नेपाली समय: ०६:४०:५० बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

वर्षा सुरु हुँदै बस्ती डुबान सुरुः भारतीय बाँधले नरैनापुरमा डुबायो नेपाली बस्ती

निर्माण सञ्चार, ८ असार, नेपालगन्ज । भारतीय सीमा क्षेत्र जोडिएको नैरनापुर गाउँपालिकाका केही बस्ती डुबानमा परेका छन् ।
मनसुन सक्रिए भएसँगै बढ्दै गएको वर्षाका कारण तराईका बस्तीहरु डुबानको संकेत देखिएको छ । यो संकेत नेपालगन्जबाट सुरु भएको हो ।

भारतीयले बनाएको बाँधजस्तै सडकका कारण बाँकेस्थित राप्ती नदीपारि रहेका बस्तीहरु डुबानमा परेका छन् । गएरातिदेखि परेको पानी आइतबार दिउसो पनि नरोकिएपछि यहाँ बाढी आएको हो ।

जसले नरैनापुर गाउँपालिकाका अधिकांश गाउँ डुबानमा परेका हुन्। नैरनापुरको यो भूभाग भारतीय सीमा क्षेत्रसँगै जोडिएको छ । 

नरैनापुरका वडा नम्बर १, २ र ३ मा बढी डुबान परेको स्थानीय प्रहरीले जनायो ।

डुबानमा पर्नेहरुमा नरैनापुरका महतनियाँ, मझेरटी, बनियाँ गाउँ,  मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, रोशनपूर्वा, कोटिहा, बहावपूर्वा लगायत छन्।

बाढी र डुबानका कारण यहाँका स्थानीय बासिन्दा विस्थापित भएका छन्। 

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार स्थानीयलाई सुरक्षित बस्ती, गासबासको व्यवस्था गर्न प्रदेश सरकार र मन हुनेहरुसँग अपिल गरिएको छ ।

उनले भने अनुसार भारतले उत्तरतिरबाट बग्ने नदी छोकिने गरी सडक बनाएको छ । बाँध जस्तै बनेको सडकले पानीको निकास रोकेको छ । बाढी पसेपछि नरैनापुरको बस्ती डुबानमा परेका हुन् ।
बाढीले अन्नपात, लत्ताकपडा, भाडाकुँडाहरु हराएका छन् । सँगै निर्माणाधीन हुलाकी सडकमा पनि बाढीले क्षति पुर्‍याएको छ। 

स्थानीय प्रहरी प्रशासन सम्भावित उद्धार कार्यका लागि सतर्क समेत रहेको प्रहरीले बतायो । 

विगत दशकौंदेखि मुलुक डुब्ने रोगबाट ग्रसित छ । जब वर्षा सुरु हुन्छ नेपालको तराई भूभाग जहिले पनि डुबानको सिकायत हुन्छ ।

मुलुकले पटकै पिच्छे व्यवस्था र सरकार बदलिरहे पनि डुबानको समस्या भने उस्तै छ । ठुल्ठूला क्रान्ति हाँकेका नेताहरु सत्तामा आउँदासम्म पनि जनताहरुले यो सिकायतबाट मुक्ति पाउने कुनै दीर्घकालीन सोच र कार्यक्रम भने अघि सारिएको छैन । 

सीमानाकाका बाँधबारे न त भारतीय पक्षसँग नै समाधानमूलक वार्ता र सुरक्षित बाँधहरु नै बनाउने पहल अघि सरको छ ।

 

०००

पढौं यो पनि

 

तस्वीर स्रोतः हरिप्रकाशको फेसबुक
 

To see frong face coverage, click here



प्रकाशित: २०७६ आषाढ ८
June 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार