नेपाली समय: ११:५८:२८ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

चितवन जिससको निर्णयः ४६२ भूकम्प पीडित भूमिहीनलाई बासस्थान ग्यारेन्टी

निर्माण सञ्चार, १२ असार, चितवन । जिल्ला समन्वय समिति, चितवनले ४६२ घरधुरी भुकम्प पीडित भूमिहीनहरुलाई आवासको निर्णय गरेको छ ।

बुधबारको जिसस बैठकले भूमिहीनहरु जुन स्थानमा बस्दै आएका थिए, साबिककै स्थानमा बस्न दिने निर्णय भएको जिसस अधिकारीलाई उद्धृत गर्दै सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका परियोजना व्यवस्थापक रवीन्द्र लामिछानेले बताएका हुन् । 

यो निर्णयले गोरखा भूकम्पबाट घरबास विहीन भएका भूकम्प प्रभावित भूमिहीनहरुलाई न्याय दिलाएको स्थानीयको भनाइ छ ।

वैठकले ती भूमिहीनहरुको घर निर्माणका लागि जनही ३ लाख अनुदान दिने समेत निर्णय गरेको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको वैठक उक्त निर्णय गरेको हो ।

कार्यक्रम सामुदायिक आत्मनिर्भर सेवा केन्द्रद्वारा सञ्चालित दिगो समाधान परियोजनाको अगुवाइमा भएको थियो ।

 

०००

 

To see Front Face Coverage, clikc here



प्रकाशित: २०७६ आषाढ १२
June 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार