नेपाली समय: ०६:४८:३३ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

एसइई परीक्षाफलः नतिजा हेर्न फलो गर्नुहोस् पत्ता लगाउनुहोस् आफ्नो परीक्षाफल, कुन ग्रेडमा कति उत्तीर्ण ?

निर्माण सञ्चार, १२ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसइई परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशित गरेको हो । 

यस वर्ष एसइईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी थिए । देशभर गरेर कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका हुन् ।

परीक्षा गत वर्ष ०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरेको थियो ।   

कसरी हेर्ने परीक्षाफल ?

यसपालादेखि बोर्डले परीक्षा फल विभिन्न आइटी माध्यमबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । 
जस अनुसार नेपाल टेलिकमदेखि परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको वेबसाइटबाट समेत हेर्न सकिने छ ।

शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np, र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

आफ्नो मोबाइल डायल गर्नुहोस् नतिजा हेर्नुहोस्

बोर्ड अनुसार देशैभरका परीक्षार्थीले वेबसाइटबाट नतिजा हेर्न नसक्ने हुँदा आफ्नो मोबाइलबाट पनि नतिजा हेर्न सकिने जनाएको छ । इन्टरनेटको पहुँच नभएका परीक्षार्थीले आफ्नो मोबाइलबाट सजिलै नतिजाबारे जानकारी लिन सक्ने बोर्डको भनाइ छ ।

जसका लागि नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरी त्यहाँ भनिएको निर्देशन पालना अनुसार नतिजा जानकारी लिन सक्ने छन् ।

यो नेपाल टेलिकम र एनसेल दुवैका प्रयोगकर्ताका लागि राखिएको व्यवस्था हो । जसमा प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर नतिजाबारे जानकारी लिन सक्नेछन् ।

त्यस्तै, नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको मोबाइलबाट एसइई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्नेछ ।

कसरी ?

उदाहरणका लागि एसइई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउनु होला । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडी रहेको अक्षर पनि लेख्नु पर्ने हुन्छ  । 

मार्कसिट समेत हेर्न सकिने

यो बाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी, नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गरी जानकारी लिन सकिने छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिने छ । यर्सैबाट मार्कसिट समेत हेर्न सकिने बोर्डको भनाइ छ । यसका लागि आधिकारिक जन्म मिति चाहिन्छ ।

कुन ग्रेडमा कति ? 

देशभर गरेर कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका मध्ये यस पटक साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी थिए ।

तिनमा २ लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

३.६ देखि ४ जिपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जिपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जिपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जिपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जिपीएदेखि १.६ जिपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

ए प्लस ल्याउने १६ हजार ८२

यस वर्षको एसइई परीक्षाबाट १६ हजार ८२ जना ले ए प्लस ल्याएका छन् । बोर्डले जनाए अनुसार ए प्लस ल्याउनेमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा रहेका छन्। 

पुनर्याेगबारे के छ व्यवस्था ?

बोर्ड अनुसार परीक्षाफलमाथि चित्त नबुझ्नेका लागि पुनर्योग गर्न पनि सकिने छ । जसका लागि प्रति विषय ५ सय रुपियाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिनु पर्ने छ । 
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार २ विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने छन् ।

०००

पढौं यो पनि

 

 

To See Front face Coverage, click here

 

 



प्रकाशित: २०७६ आषाढ १२
June 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार