नेपाली समय: १२:५७:०६ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

शान्ता चौधरीलाई नायिका करिष्माले जितिन्ः शान्ताको ‘बी’ र करिष्माको ‘बी’ प्लस

निर्माण सञ्चार, १२ असार, काठमाडौं । उच्च शिक्षाका लागि बाटो तय गर्न यसपाला परीक्षा दिनेमा २ परीक्षार्थी चर्चाको शिखरमा रहे । ती हुन् नायिका करिष्मा मानन्धर र नेतृ शान्ता चौधरी ।

बिहीबार प्रकाशित एसइई परीक्षाले नायिका करिष्मालाई नेतृ चौधरीको भन्दा अघिल्लो दर्जा दिलाएको छ । करिश्माले चौधरीलाई उछिन्दै ‘बी’ प्लस ल्याएकी छन् भने नेतृ चौधरीले बी ग्रेड ल्याएकी छन् ।

नतिजाअनुसार शान्ताले जिपीए २.६५ ल्याएकी छन् भने करिष्माले ३ ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी  सहभागी थिए ।

 

०००

पढौं यो पनि

 

 

To see front face coverage, click here
 



प्रकाशित: २०७६ आषाढ १२
June 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार