नेपाली समय: ०६:४८:४५ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

बधाईः कमलरी विरुद्धकी नायिका शान्ता र ठूलो पर्दाकी करिष्मालाई ! जसलाई समाजले पहिले नै दिएको थियो ‘ए प्लस’ !

निर्माण सञ्चार, १२ असार, काठमाडौं । विद्यार्थी हुन उमेरले छेक्दैन । यसका नमूना बनेका छन् दुई नायिका करिष्मा मानन्धर र नेतृ शान्ता चौधरी । बिहीबार प्रकाशित एसइई परीक्षाले नायिका करिष्माले ‘‘बी’ प्लस र नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएका छन् ।

तर, के यी दुई नायिका (आ–आफ्नो फिल्डमा आ–आफै अब्बल) लाई समाजले एसइई भन्दा अगाडि नै ए प्लस दिएको थिएन र ?

अक्सर करिष्मालाई त यो समाजले नायिकाका रुपमा पहिले नै चिनेको हो । तर, मानिसहरु ठूलो पर्दामा आउने, संगीतमा नाँच्ने र कुनै पटकथामा नायकको जोडी बनेर पर्दामा उत्रनेलाई मात्र नायिका मान्छन् । 

तर, अब जमाना त्यस्तो रहेको छैन । उत्तरआधुनिक युगले पुरानो मान्यतामा क्रमभंग गरिसकेको छ ।

जतिबेला ठूलो पर्दामा नायिका बन्ने संघर्षमा करिष्मा थिइन्, कुनै डाइरेक्टरको निर्देशनमा आफूलाई अब्बल बनाउँदै अभिनय मार्फत् क्यमेरा अघि प्रस्तुत हुदै गर्थिन्, ठिक त्यति नै बेला दाङ जस्तो मध्यपश्चिमको भित्री बस्तीमा कुनै सामन्तका घरका भाँडा माझेर, जमिनदारको ऋण तिर्न बाबु आमाका नाउँमा कमलरी बनेर उनी उन्मुक्तिका लागि संघर्ष गरिरहेकी थिइन्, शान्ता चौधरी ।

एसइई, उच्च शिक्षाका लागि गोल्डेन गेट, जसलाई भेदन नगरी अगाडिको उच्च शिक्षाको सपना पूरा गर्न सकिदैन, यो उमेरमा, अघिल्लो कर्ममै अब्बल बनेका यी दुई नायिकाहरुले आफूलाई छात्राका रुपमा पनि अब्बल साबित गरेका हुन् । 

पात्र, परिस्थिति नयाँ नयाँ हुन सक्छन् । तर, भिलेन बिना, नायक वा नायिका बिना नै फिल्म वा थिएटरहरुमा नाटक मञ्चन पनि हुन थालेको पोस्ट मोर्डन यो युगमा आफूलाई साना छात्राका रुपमा पनि एसइई दिएर उदाहरणीय व्यक्तित्व बनेका हुन् यी दुई नायिका ।

जतिबेला ठूलो पर्दामा नायिका बन्ने संघर्षमा करिष्मा थिइन्, कुनै डाइरेक्टरको निर्देशनमा आफूलाई अब्बल बनाउँदै अभिनय मार्फत् क्यमेरा अघि प्रस्तुत हुदै गर्थिन्, ठिक त्यति नै बेला दाङ जस्तो मध्यपश्चिमको भित्री बस्तीमा कुनै सामन्तका घरका भाँडा माझेर, जमिनदारको ऋण तिर्न बाबु आमाका नाउँमा कमलरी बनेर उनी उन्मुक्तिका लागि संघर्ष गरिरहेकी थिइन्, शान्ता चौधरी

उच्च शिक्षाको बाटो तय गर्न यसपाला परीक्षा दिएदेखि नै यी २ परीक्षार्थी चर्चाको शिखरमा रहे । नतिजा पछि पनि चर्चामै रहन सफल छन् । 

त्यसैले त यी दुवै नायिका हुन् ।

बधाई छ, नायिका करिष्मा मानन्धर र नेतृ शान्ता चौधरीलाई । तिमीहरुले देखाएको बाटोमा दोस्रो पुस्ता त के अघिल्लो पुस्ता पनि हिँड्न प्रेरित भइरहन्छ ।

बिहीबार प्रकाशित एसइई परीक्षाले नायिका करिष्मालाई नेतृ चौधरीको भन्दा अघिल्लो दर्जा दिलाएको छ । करिश्माले चौधरीलाई उछिन्दै ‘बी’ प्लस ल्याएकी छन् भने नेतृ चौधरीले बी ग्रेड ल्याएकी छन् ।

नतिजाअनुसार शान्ताले जिपीए २.६५ ल्याएकी छन् भने करिष्माले ३ ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी थिए ।

०००

पढौं यी पनि

 

To See Front Face Coverage, Click here


 



प्रकाशित: २०७६ आषाढ १२
June 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार