नेपाली समय: १०:४९:०१ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

प्रभु बैंकको हैसियत विदेशसम्म विस्तारः ५ देशमा सम्पर्क कार्यालय खोल्न पायो राष्ट्र बैंकको अनुमति

निर्माण सञ्चार, असार १३, काठमाडौं । प्रभु बैंकले एकै पटक ५ देशमा सम्पर्क–प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति पाएको छ ।

नेपाल राष्ट्र बैंकले यो सहमति दिएको हो । 

अनुमति पाएका ठाउँमा आउने ६ महिनाभित्रै कार्यालय स्थापना गर्ने गरी प्रभु अघि बढिरहेको बैंक स्रोतले बतायो ।

उसले बेलायतको एल्डरसट सहरमा, अस्ट्रेलियाको सिड्नी, भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, कतारको दोहामा सम्पर्क कार्यालय खोल्ने स्वीकृति पाएको हो ।

बैंकले जनाए अनुसार उसले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही आउने ६ महिनाभित्र विस्तारको काम सम्पन्न गर्ने छ ।

प्रभु बैंकका हाल मुलुकभर १ सय ८६ शाखा कार्यालय, १ सय ३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

०००

 

 



प्रकाशित: २०७६ आषाढ १३
June 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार