नेपाली समय: ०४:४६:४८ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

सार्वजनिक सुनुवाइको माग गर्दै चन्दननाथको नगरसभा स्थगित

निर्माण सञ्चार, १६ असार, जुम्ला । अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ । त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम कार्यक्रम ल्याउनु पर्छ ।

असार १० भित्रै आगामी वर्षको लागि आर्थिक ऐन सर्वसहमतीले पारित हुनु पर्दछ । तर कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाले भने तोकिएको मितिमा बजेट ल्याउन सकेको छैन । 

असार १० मा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिएको थियो । तर चालु आर्थिक वर्षको सार्वजानिक सुनुवाई हुनुपर्ने भन्दै कार्यापालिका सदस्यहरुको बहुमतले नगरसभा बहिष्कार गरिएको थियो ।

अन्य स्थानीय तहले पाँचौ गाउँसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । तर चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्षको आर्थिक, भौतिक तथा सामाजिक लगायत विभिन्न विषयमा सार्वजानिक सुनुवाई नगरेको भन्दै नगर सभा हुन सकेको छैन । 

असार १० गतेकै दिन उपमेयर अप्सरादेवि महतलेको नेतृत्वमा कार्यपालिका सदस्यहरुको बहुमतले सार्वजानिक सुनुवाईको माग गर्दै, नगरसभा बहिस्कार गरे ।

सार्वजानिक सुनुवाई ऐन २०५५ र नियमावली २०५६ अनुसार सरकारी तथा गैरसरकारी निकायले अनिवार्य रुपमा सार्वजानिक सुनुवाई गर्नुपर्ने प्राबधान छ ।

तर तर नगरपालिकाले आव २०७४÷७५ को सार्वजानिक तथा आव २०७५÷७६ को समिक्षा गर्नु पर्ने माग सहित पाँचदिनका लागि नगरसभा रोकिएको थियो । 

निरन्तर छलफल गरी असार १५ मा नगरसभा हुने भनिएपनि सार्वजानिक सुनुवाईका लागि प्रक्रिया पुरा नहुँदा आईतबार अर्काे सूचना नभए सम्मका लागि नगरसभा स्थगीत गरिएको छ ।

असार १० गतेको नगरसभामा  असार १५ मा हुन्छ भनेपनि खर्चका सत्य तथ्य श्रेस्ता नभेटिकोले अन्नतः नगरसभा स्थगीत गर्नु परेको सूचना सुनाएकी छन्

मेयर कान्तिका सेजुवालले तत्तकालीन लेखाअधिकृत तिल बहादुर डाँगी सरुवा भएको र खर्च विवरण नभेटिएकोले सार्वजानिक सुनुवाई हुन नसकेको बताईन । लेखाअधिकृत डाँगीलाई फोन गर्दा, नउठाउने गरेका छन् । 

सडक, निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विभिन्न शिर्षकमा भएको खर्च विवरण जुट्न नसक्दा सार्वजानिक सुनुवाई हुन नसकेको मेयर सेजुवालको भनाई छ ।

असार १० गतेको नगरसभामा  असार १५ मा हुन्छ भनेपनि खर्चका सत्य तथ्य श्रेस्ता नभेटिकोले अन्नतः नगरसभा स्थगीत गर्नु परेको सूचना सुनाएकी छन् ।

कहा कति खर्च भएको भन्ने बारे कुनै विवरण नभेटिएपछि नगरसभा स्थगीत हुन पुगेको हो ।  

हाल भर्खर आएका लेखापाल पुर्ण ठकुरीका अनुसार बरबुझारथ नगरी गएकोले कुनै पनि खर्च विवरण आफुलाई थाहा नभएको बताउँछन् । सार्वजानिक सुनुवाई नभए सम्म नगरसभा चल्न नदिने कार्यपालिका सदस्यहरुको चेतावनीले चन्दननाथको नगरसभा अनिश्चिकालिन रुपमा स्थगीत भएको छ ।

चालु आर्थिक वर्षमा भएका विभिन्न गतिविधिको स्पष्ट रुपमा सार्वजानिक सुनुवाई नभएको भन्दै कार्यपालिका सदस्यहरु आक्रोस व्यक्त गरिरहेका छन् ।

सरकारले तोकेको भन्दा पछि आएको बजेटलाई सरकारले मान्यता नदिने पिर जनप्रतिनिधि चिन्तामा छन् । तर कार्यपालिका सदस्यको बहुमतले भने, सार्वजानिक सुनुवाई नभए नगरसभा चल्न नदिने दाबी गरेका छन् । 

 

०००

पढौं यो पनि
 

चन्दननाथ मेयरको घोषणाः ५ वर्षभित्र गाउँगाउँमा सडक, घरघरमा बिजुली, कसरी ?



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्