नेपाली समय: ०४:४९:४० बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

भूकम्प पीडितसँग कीर्ते गरी पैसा असुल्ने पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

निर्माण सञ्चार, १६ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । 

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । 

प्राधिकरणले जनाए अनुसार भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

को को परे कारबाहीमा ?

ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिस्टेन्ट सब–इन्जिनियर छन् । 

तीमध्ये नुवाकोटमा कार्यरत ८ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत ३ जना, सिन्धुपाल्चोकमा कार्यरत २ जना, दोलखामा कार्यरत २ जना, धादिगंमा कार्यरत २ जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १–१ जना छन् । 

 

०००



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार