नेपाली समय: ०४:४५:३० बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

चुलोचम्कोबाट जुम्ली महिला उद्यमशीलतातिरः कसरी बन्दै छन् उद्यमी ?

निर्माण सञ्चार, १६ असार, काठमाडौं । जुम्लाका ग्रामिण भेगका महिलाहरुका लागि उद्यमशीलताका अवसरहरु आईरहेका छन् ।

सधै चुलोचौकामा सिमित महिलाहरुलाई व्यवसायीक रुपले आत्मनिर्भर बनाउने योजना अनुसार, उद्यमशिलताका विभिन्न कार्यक्रमहरु संचालनमा ल्याइएका हुन् ।

कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा जुम्लामा महिला लक्षित उद्यमशिलताका तालिमहरु ल्याइएका हुन् । 

महिलाहरुलाई लक्षित गर्दैै सिलाईकटाई, भेडाबाख्रा पालन, कुखुरा पालन, ऊन प्रशोधन, राडीपाखी, लगायत उद्यमशीताका अन्य कार्यक्रमहरु पनि जुम्लाका विभिन्न गाउँमा  सञ्चालनमा ल्याइएको छ ।  

केहि स्थानमा उद्यमशिलताका तालिम संचालन भईसकेका छन् भने कुनै स्थानमा सञ्चालनको क्रममा छन् ।

कुनै पनि एक तालिमबाट कम्तीमा पनि २० देखि २५ जना दलित तथा विपन्न महिलाहरु लाभान्वित हुने छन् ।  पाँच गाउँपालिकामा संचालित विभिन्न उद्यमशीलताका तालिमबाट झण्डै १ सय २५ जना ग्रामिण महिलाहरु उद्यमी बन्दै छन् । 

जस अनुसार बुधबार तिला गाउँपालिकामा सिलाईकटाई तालिम शुरु गरीएको छ । कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र जुम्लाको लगानीमा एक गाउँपालिमा एक महिला सहकारी कार्यक्रम अन्तरगत  सिलाई कटाई तालिम सुरु गरिएको छ ।

तिला गाउँपालिकाको कुडारीमा हिमाली महिला बचत तथा ऋृण सहकारी संस्था, जुम्लाको आयोजनामा गाउँका २५ जना महिलाहरुको लागि एक महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको सहकारी व्यवस्थापक मुनिनाथ योगीले बताए । कृषि ज्ञान केन्द, जुम्लाको बाह्र लाख लगानीमा उक्त तालिम  सञ्चालन गरिएको उनले बताए ।

त्यस्तै, गुठीचौर गाउँपालिकाको गज्यांकोटमा सिलाईकटाई  तालिम, पातारासी गाउँपालिकाको लासीमा सिलाई कटाई, हिमा गाउँपालिकाको बड्कीमा भेडाबाख्रा पालन र ऊन प्रशोधन, कनकासुन्दरी गाउँपालिकाको बोतागाउँमा ऊन प्रशोधन थ्रेसर मेसिन सञ्चालन भईरहेका छन् ।

पाँच गाउँपालिकामा विभिन्न उद्यमशिलताको कार्यक्रममा प्रति तालिम बाह्र लाखका दरले बजेटको व्यवस्थापन गरिएको छ । 
झण्डै साठी लाखको लागतमा विभिन्न उद्यमशीलताका तालिम संचालन भईरहेका छन् ।

 तालिम पश्चात महिलालाई मेसिन हस्तान्तरण समेत गरिने छ, भने ग्रमिण परिवेश नेपालले पनि जुम्लाका विभिन्न गाउँमा महिला लक्षित उद्यमशीलताका कार्यक्रम संचालन गरेको कार्यकारी निर्देशक अम्मर रोकायाले बताए । उनका अनुसार उद्यमशीलताका कार्यक्रममा महिला, दलित, युवालाई प्रथामिकता दिइएको छ ।

उद्यमशीलता आत्मनिर्भरताको बाटो हो । अन्तरपार्टी महिला संजालकी अध्यक्ष लक्ष्मी कन्या बुढाले भनिन्, विभिन्न सिपयुक्त तालिमहरुले महिलालाई उद्यमशीलता तर्फ बढाउछ । उद्यमशील महिला आफै आत्मनिर्भर हुन्छन् । त्यसैले गर्दा महिला उद्यमशीलतालाई जोड दिदै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौ । 

यसले विपन्न महिलाहरुलाई राहात दिने उनको भनाई छ । आफ्नो सिप क्षमता अनुसार उद्यम गर्न पाउने भन्दै ग्रामिण महिलाहरु खुसी भएका छन् । दैनिक  तालिममा सहभागी भई सिक्ने र पछि व्यवसायीक भएर आम्दानी गर्ने महिलाहरुको लक्ष्य छ ।

विपन्न महिला झुमा नेपालीका अनुसार सधै घरकै काममा रमाउने हामी महिलाहरु अब आत्मनिर्भरताको लागि उद्यम गर्दै छौ । ईच्छा अनुसार सिप सिकेर व्यवसायीक बनेर जीवनयापनलाई सहज बनाउने उनको भनाई छ । 

महिला  विकास लागि  जुम्लाका स्थानीय तहले पनि लाखौ बजेट छुट्याएका छन् । भने ढाँका बुनाईलाई विशेष प्रथामितक समेत दिएका छन् साथै, आफ्नै स्थानीयतहमा ढाँका दोसल्ला उत्पादन गर्ने तयारीमा समेत तातोपानी गाउँपालिका छ । 
तत्कालिन प्रमुख प्रशासकिय अधिकृत खडान्नद चौलागाईले ढाँका बुनाई तालिम सिकिसकेका महिलाहरुलाई ढाकाकै दोसल्ला उत्पादन गर्न आग्रह गरेका छन् ।

गाउँपालिकाका विभिन्न कार्यक्रममा महिलाले उत्पादन गरेका दोसल्ला बाहेक बाहिरको प्रयोग नगर्ने समेत निर्णय भएको छ । भने सबै ठाउँमा भईरहेका तालिमहरुको लक्ष्मीकन्या बुढा लगायत पत्रकारहरुले निरीक्षण गरिरहेका छन् । 

OOO

To See Front Face Coverage, Click here



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्