नेपाली समय: ०१:०१:२१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

यस्तो आयो ‘राष्ट्रिय स्वास्थ्य नीति–०७६’, प्रमुख लोकमार्गहरुमा ट्रमा सेवा दिइने, हवाई उद्धारका लागि हवाई एम्बुलेन्स पनि !

निर्माण सञ्चार, १६ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ‘राष्ट्रिय स्वास्थ्य नीति– २०७६’ सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री उपेन्द्र यादवले सरकारी स्वास्थ्य क्षेत्र पनि कमजोर नरहेको भन्दै उक्त नीति सार्वजनिक गरेका थिए ।

मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति समेटिएको राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक गरेका हुन् ।

सबै तहका स्वास्थ्य संस्थाहरूबाट तोकिएबमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने नीतिले बताएको छ ।
अधिकांश पुरानै कार्यक्रम बोकेको स्वास्थ्य नीतिले केही नया थप पनि गरेको छ । जसले प्रत्येक 

स्थानीय तहमा न्यूनतम एउटा मात्र भए पनि एम्बुलेन्स राख्ने कुरा गरेको छ ।

त्यति मात्र हैन, नीतिले हवाई उद्धारका लागि हवाई एम्बुलेन्स विकास गर्ने सोच पनि अघि सारेको छ भने प्रमुख लोकमार्गहरुमा ट्रमा सेवा उपलब्ध गराउने नीति लिएको मन्त्री यादवको भनाइ छ ।

योग तथा आयुर्वेद समेत अघि सार्दै नीतिले आयुर्वेद, पञ्चकर्म, योग तथा प्राकृतिक चिकित्साको विशिष्टिकृत सेवासहितको राष्ट्रिय आयुर्वेद, योग तथा पञ्चकर्म केन्द्रको स्थापना गरी यी क्षेत्रलाई स्वास्थ्य पर्यटनमा टेवा पुर्याउने र सो अनुसार संघीय संरचनामा पनि विस्तार गर्ने बताएको छ ।

त्यति मात्रै हैन, उच्च माध्यमिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्यूनतम १ जना स्वास्थ्य जनशक्तिको व्यवस्था गर्ने नीतिमा उल्लेख छ ।

पूर्व मन्त्री खगराज अधिकारीका पालामा सुरु गरिएको स्वास्थ्य बिमा यसले पनि निरन्तरता दिएको छ । स्वास्थ्य बिमा मार्फत विशेषज्ञ सेवाको विस्तार गर्ने बताएको छ ।

सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुनु पर्ने उसको सोच छ । स्वास्थ्य नीतिले हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, हरेक स्थानीय तहमा प्राथमिक अस्पताल प्रदेशअन्तर्गत द्वितीय तहको अस्पताल, प्रादेशिक अस्पतालहरू र संघअन्तर्गत रहने गरी अति–विशिष्टिकृत अस्पतालहरू  र संघअन्तर्गत नै रहने गरी हरेक प्रदेशमा कम्तीमा एक विशिष्टिकृत अस्पताल र एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सोच अघि सारको छ ।

यस्तै, नयाँ कुराका रुपमा नीतिले प्रत्येक प्रदेशमा एक रिफरेन्स प्रयोगशाला तथा निदान केन्द्र स्थापना गर्ने बताएको छ ।संघीय संरचनामा केन्द्रित भई संघ, प्रदेश तथा स्थानीय तहमा फिजियोथेरापी सेवासहितको पुनर्स्थापना तथा सेवा केन्द्र स्थापना गर्ने उद्देश्य लिएको छ ।

नीतिले राष्ट्रिय रोग नियन्त्रण केन्द्रको स्थापना गर्ने भनेको छ ।

 

०००

 

To see Front face coverage, click here



प्रकाशित: २०७६ आषाढ १६
July 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार