नेपाली समय: १०:४२:५१ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

ऐतिहासिक पर्यटन स्थल सिंजामा बन्ने भयो, खस ‘संग्रहालय’


निर्माण सञ्चार, १७ असार, काठमाडौं । सयौ वर्षपछि सिंजा सभ्यताको संरक्षणका लागि खस संग्रहालय बन्ने भएको छ ।

नेपाली खस भाषाको उद्गम स्थल सिंजा, तथा शक्तिसाली सिंजा राज्यको ऐतिहासिक महोत्सव झल्काउने, भाषा संस्कृति संरक्षण गर्न सिंजामा संग्रहालय बन्न लागेको हो । 

सिंजा सभ्यताको खस संग्रहालय निर्माणका लागि विहिबार सिंजा गाउँपालिका अध्यक्षले संग्रहालय शिलान्यास गरेका छन् । मागल, बञ्चेबाजा सहितको तामझामका साथ संग्रहालयको शिलान्यास गरिएको हो । 

सिंजा गाउँपालिका १ विष्टबाडा गाउँमा संग्रहालय निर्माण हुने भएको छ । झण्डै ४ हजार वर्ग मिटर जग्गाामा पुरानै कला संस्कृति झल्किने शैलीको बनावट भएको र सिंजा सभ्यता सहितको खस संग्रहालय निर्माण गरिन,े निर्माण समितिका अध्यक्ष देविकृष्ण तिवारीले बताए । 

उनका अनुसार आजभन्दा ३४६० वर्षअघि अर्थात इशापूर्व १४४५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए ।

लामो इतिहास बोकेको सिंजा सभ्यताको संग्रहालय बन्ने भयो भन्दै सिंजाबासी खुसी भएका छन् ।  

राजा जालन्दर शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र राजाको नामको अघिललो अक्षर ‘जा’ लाई जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ  । 

जालन्दरकी रानी वृन्दाले बास गरेको भनी, सिंजामा अहिले पनि पूजा गरिने देवीलाइर्, वृन्दावासिनी भनिन्छ । 

खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । 

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ । 

यस्ता ईतिहास झल्किने संरचना निर्माण गरी सिंजा सभ्यताको सरंक्षणका लागि संग्रहालय निर्माण थालिएको उल्लेख गरिएको छ  । 

संग्रालय निर्माणका लागि स्थानीय गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारीले निशुल्क जगाा दान गरेका छन् ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भने, पुरातत्व विभागमा दर्ता भएका सबै ऐतिहासिक संरचना प्रर्बद्धनका लागि संग्रहालय आवश्यक छ । 

तर घर बनाउदैमा संग्रालय बन्दैन्, तसर्थ सभ्यता सहितको संग्रहालय पुर्ण हुनकालागि खोज अनुसन्धानमा समेत विशेष जोड दिईने छ ।

उनले सिंजा राज्यकै विषयमा अध्ययन समेत गर्ने वाताबरण सृजना गर्ने दाबी गरे । 

उनले संग्रहालय निर्माणका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५० लाख दिएको उल्लेख गरे ।

 कर्णाली सरकारले विशेष महत्व दिएर संग्रहालय निर्माणका लागि बजेट छुट्याएको र आउने बजेटमा संग्रहालय निर्माण विशेष प्रथामिकतामा पर्ने समेत आश्वासन दिएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले उपभोक्ता समितिले राम्रो काम गर्न नसकेको आरोप लाग्ने गरेको बताईन । संग्रालय निर्माणमा निस्वार्थ काम गरि उपभोक्ता समिति प्रतिको भ्रम चिर्न समेत सुझाब दिईन । 

खस संग्रालय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बन्ने  उनको भनाई छ ।  

साथै शिलान्यासमा तामझाम गरी स्वागत गरेका उपभोक्ता समितिलाई, काम नगरेको भन्दै काबार्हि गर्नु पर्ने समय नआओस भन्दै व्यंगे पनि गरिन । 

स्थानीय डिल्ली प्रसाद तिवारीले संग्रहालय निर्माण ३ वर्षभित्र भईसक्ने छ, भने अहिले जग्गा वरिपरि घेरा बार देखि माटो सम्याउने काम हुने छ  र डिपिआरको डिजाईन अनुसार संग्रालय निर्माणमा हुने बताए । 

 

संग्रहालयका आकर्षण

 

शक्तिशाली राज्यको राजधानी रहेको सिंजा आफैंमा महत्वपूर्ण स्थान हो ।

कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्र्की, संन्यासी आदिहरू मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन् । 

जुन तराईका ब्राह्मण, क्षेत्री आदिले मान्ने देवताभन्दा सर्वप्राचीन हुने भनेर विद्वान्हरूले लेखेका छन् । 
पुर्व देखि पश्चिम महाकाली सम्म फैलिएको सिंजा साम्राज्यको भाषा संस्कृतिको आफ्नै विशेषता थिए । 

संग्रालयमा लगाउने चोला, गामन, हातका बाला, लगाईने पहिन, समेत राखिने छ । 

सिंजा सभ्यताको बारेमा ब्रोसर तयार गरिने छ र सबै इतिहास सजिलै पढ्न मिल्ने छ । 

साथै एतिहासिक सम्पदा, सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव लगायतका स्तंम्ब तथा किंवदन्ती  लगायतका कलासास्कृति समेत झल्काउने बस्तु राखिने छ । 

 

सिंजाको ईतिहास

 

बली राजाका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । 

जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.स. १८१६ मा राज्याभिषेक गरेका थिए ।

नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो । 

चौथो शताब्दीमा सुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो ।

खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । 

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।
 
त्यस अवधिमा सिंजा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।

सिंजा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान, सिंजा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । 

तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको पूर्णप्रसाद धितालले बताए ।

 

०००
पढौं यो पनि
करोडौको लागतमा जुम्लामा जलविद्युत् उत्पादन हुँदै

 



प्रकाशित: २०७६ आषाढ १७
July 2nd 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्