नेपाली समय: ०६:४७:२९ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

निकुञ्जभित्र सडक नबनाउन भन्दै युनेस्कोले दियो यस्तो चेतावनी

निर्माण सञ्चार, १८ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जबारे आफूले दिएको सुझाव कार्यान्वयन नगरे खतराको सूचिमा राख्ने युनेस्कोले चेतावनी दिएको छ ।

निकुञ्ज भित्र फेरि सडक बनाउन लागेपछि र भइरहेकै सडकको पनि स्तरोन्नति नगर्न भन्दै युनेस्कोले सरकारलाई सचेत गराएको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले भएका सडकको व्यवसायिक प्रयोजनका लागि स्तरोन्नती नगर्न भनेको छ । 

युनेस्कोले सरकारलाई यो दोस्रोपटक सचेत गराएको हो ।

यदि सरकारले नमानेमा विश्वसम्पदा सूचीमा रहेको चिवतन राष्ट्रिय निकुञ्जलाई खतराको सूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

हालै मात्र युनेस्कोको अजरवैजानको बाकुमा विश्वसम्पदा समितिको ४३ औं बैठक सम्पन्न भएको थियो । उक्त वैठकले प्रस्तावित हुलाकी राजमार्ग, मलेखु ठोरी सडक, चीन भारत ट्रेड लिंक, माडी वाल्मीकि आश्रम सडक जस्ता निर्माण कार्यले विश्वसम्पदा सूचीमा रहेको निकुञ्जलाई हानी गर्ने ठहर गरे पछि यस्तो सुझाव दिएको देखिन्छ ।

युनेस्को अनुसार उक्त क्षेत्रभित्र तराई हुलाकी राजमार्ग नबनाउन पनि भनिएको छ । निकुञ्ज क्षेत्रभित्र अन्य सडकहरु बनाउन अनुमति नदिन पनि भनिएको छ ।

 

०००

To see front face coverage, click here
 



प्रकाशित: २०७६ आषाढ १८
July 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार