नेपाली समय: १०:४३:२२ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

कस्तो बन्दैछ कमल पोखरी ? बनाउँदै छ कसले ?

निर्माण सञ्चार, १९ असार, काठमाडौं । भूकम्पपछि काठमाडौं महानगरपालिकाले गर्ने भनेका पुरातात्त्विक तथा सांस्कृतिक स्थलाहरुको पुनर्निर्माण मध्येको कमल पोखरी निर्माण सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको शिलान्यास गरेर यसलाई अघि बढाए ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक यो कमलपोखरी स्थानीयका अनुसार अझै ठूलो थियो । पछि जग्गा मिचिएको हो । यस अघि पटक पटक बनाइने भन्दै काम नभएको यसको पुनर्निर्माण लामो समय पछि हुन थालेको मेयर शाक्य आफैले स्वीकारे ।

कतिमा बन्ने कसले बनाउने ?

ठेक्का गर्दा लागत अनुमान भन्दा ३ करोड कममा ठेक्का परेको यतिबेला चर्चा छ । यो पोखरी पुनर्निर्माणको ठेक्का धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ ।

सम्झौताअनुसार आउने वर्षको असार १५ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । कमलपोखरी पुनर्निर्माणका लागि भ्याटसहित ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपियाँ लागत अनुमान थियो । सोही अनुसार टेन्डर कल गरिएको थियो । 

आउने एक वर्षमा बन्ने कमलपोखरीको आकृति
तर, ठेक्का पर्दा निर्माता कम्पनीले करिब ३ करोड घटीमै काम सक्ने गरी सम्झौता गरेको छ ।

निर्माण कम्पनीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपियाँ ६३ पैसा मा निर्माण सम्पन्न गर्ने महमानगरले बतायो । एक वषभित्रै काम सक्ने गरी उक्त जेभीले असार ६ गतेदेखि नै कार्यदेश पाइसकेको छ ।

भव्य आकर्षक पार्क सहित बन्ने कमल पोखरीमा बगैचा, धाराहरु, पार्टी पौवाको आकृति र पूर्वतिर मुल द्वार रहने छ ।

पोखरीमा प्रवेश गर्न ३ वटा द्वार रहने छन् ।


०००



प्रकाशित: २०७६ आषाढ १९
July 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार