नेपाली समय: ०५:१०:३९ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

एउटै वडामा ९ विद्यालयः निजीमा खचाखच, सामुदायिक रित्तै

निर्माण सञ्चार, १९ असार, ०७६, जुम्ला । सरकारले अनिवार्य र निशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्यका साथ सरकारले अनिवार्य र निशुल्क शिक्षाको अवधारणा ल्याएको छ भने, दलित छात्र तथा छात्राहरुका लागि छात्रबृत्तिको समेत व्यवस्था गरेको छ ।

तर जुम्लामा भने सामुदायिक विद्यालय सुकाउँदै महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा बालबालिका आकर्षित भएका छन् । 

निजी विद्यालय प्रतिको मोह बढ्दै गएपछि सामुदायिक विद्यालयका शिक्षक घाम तापिरहेका छन् । विभिन्न लोभ देखाउर विद्यार्थी लिने गर्दा  सामुदायिक विद्यालय नीजि विद्यालयका शिकार बनेका छन् । स्थानीय सरकारलै नीजि विद्यालय खोल्नका लागि अनुमती दिँदा सामुदायिक विद्यालयहरुमा विद्यार्थी घट्दै गएका छन् । 

शिक्षक आउछन् विद्यार्थी आउँदैनन् 

जुम्लाको सदरमुकाम खलंगास्थित अशोक नमुना आधारभूत विद्यालयमा कक्षा पाँचसम्म संचालन छन् । त्यो विद्यालय २०२९ मा स्थापना भएको हो । पहिले निकै विद्यार्थीको चाप हुने अशोक नमुना विद्यालय हिजो आज सुकेको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने अशोक नमुना विद्यालयमा विहिबार गरिएको स्थलगत रिर्पोटिङकै क्रममा कक्षा १ देखि ५ सम्मका जम्मा ८ जना उपस्थित थिए ।  

चालु आवमा भर्ना भएका जम्मा विद्यार्थी ७१ ज्ना । तर विव्यस, शिक्षक तथा  अभिभावको लार्पाबाहिका कारण सबै विद्यार्थी नीजिमा गईसकेका छन् । अशोक नमुना विद्यालयमा चालू शैक्षिक सत्रमा इसिडीमा १७, कक्षा १ मा १९, २ मा १२, ३ मा १६, ४ मा १७ जना र ५ मा १३ विद्यार्थी भर्ना भएका सबै बालबालिका कता गए विद्यालयलाई थाहा छैन् । 

साथै जुम्लाको अर्को सदरमुकाम खलंगा बजारस्थित बालमन्दिर प्राथमिक विद्यालयमा कक्षा तीनमा तीनजना मात्र विद्यार्थी छन् । कक्षा तीनमा पाँचजना भर्ना भए पनि विहिबार विद्यालयमा तीनजना छात्रा मात्र उपस्थित थिए । कक्षा एकमा १६ जना र कक्षा दुईमा सातजना भर्ना भएका छन् ।  तर त्यहा विद्यार्थी पनि कहाँ गए भन्ने थाहा छैन् ।

जसले गर्दा अशोक नुमना, बालमन्दिर प्रावि, भण्डारीबाडाको स्कुल, नव प्रभात दानसाँघु लगायतका विद्यालय हाल बन्द हुने अबस्थामा छन् । 

एकै वडामा नौ विद्यालय

निशुल्क तथा अनिवार्य शिक्षा सबैका लागि भन्ने सरकारले नीति लिएको छ । तर चन्दननाथ नगरपालिकाले मनपरी रुपमा नीजि विद्याय खोल्न अनुमती दिएपछि एकै वडामा नौ वटा विद्यालय खोलिएका छन् ।

जसले सामुदायिक विद्यालय रित्तै भएको अशोक नमुना प्राविकी प्रधानाध्यापक भगवती श्रेष्ठले बताईन् । उनका अनुसार कुनैबेला थेकी नसक्ने विद्यार्थी हुन्थे, तर धमाधम नीजि विद्यालय खोल्ने अनुमती दिएपछि अहिले विद्यार्थी खोज्दा पनि नपाईने उनको भनाई छ । चन्दननाथ नगरपालिका वडा नम्बर ४ भित्र मात्रै नौ वटा विद्यालय खुलेका छ ।

जसमा ८ वटा नीज विद्यालय रहेका छन् । 

कनिका निशा, कर्णाली बोर्डिङ, मालाभिड विद्यालय, चन्दननाथ मावि, विलिबर्डस बोर्डिङ, जिएमडी बोर्डिङ, ब्राईट फयूचर बोर्डिङ, सिद्धि विनायक प्रावि र अशोक नमुना प्रावि गरी ९ वटा नीजि तथा सामुदायिक विद्यालय छन् । जसमा तीन विद्यालय सामुदायिक हुन् । चन्ददनाथ मावि भएकोले त्यहा विद्यार्थी ठिकै छन् ।

अशोक नमुना प्रावि, सिद्धि विनायकमा त दैनिक बढिमा १० जना भन्दा बढि विद्यार्थी आउदैनन् । सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्नुको सटा् नगपालिकाले नीजि विद्यालय खोल्ने अनुमती दिएपछि शिक्षा क्षेत्र धरासयी आफै हुने प्रअ श्रेष्ठको भनाई छ । 

विद्यार्थी संख्या बढाउन पहल जति गरे पनि सम्भव छैन्, विव्यस कानमा तेल हालेर बस्छन । यता बालमन्दिर प्राविधिकी प्रधानाध्यापक पार्वती पौडेलल राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेपनि अभिभावकको फरक मानसिकताका कारण उपलब्धी हुन नसकेको बताईन ।

फोटो क्याप्सन- विहिबार रिर्पोटिङमा जादा अशोक नमुना माविमा उपस्थित विद्यार्थी । तस्बिर  सागर परियार​​​​​
पुर्वराज्य मन्त्री डिल्ली महतदेखि २०२९ मा रत्नराज्यलक्ष्मी शाहले अशोक र बालमन्दिर विदालयमा अध्यायन तथा स्थापन ागरेपनि विद्यालय अहिल दयनिय अबस्थामा छ । सदरमुकामका केहि विद्यालय उदाहरण माध हुन जुम्लाका अधिंकाश सामुदायिक विद्यालयको हात त्यस्तै छ । यसै वर्ष मात्रै नगरपालिकाले मालाभिड विद्यालय र समता विद्यालयलाई अनुमती दिएको छ । यसमा गम्भीर ध्यानकर्षण गराएको बताइन ।

यो सब हुँदा पनि सामुदायिक विद्यालय विव्यस अध्यक्षहरु ह्ेरि बसेका छन् । 

विद्यालय मर्जका लागि कार्यदल

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाभित्रका सबै विद्यालयमा अनुगमन गरी समायोजनका लागि कार्यदल गठन गरेको बताइन् । १५ विद्यालयमध्ये पाँच विद्यालयबाहेक अन्य विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उनले जानकारी दिइन् ।

 ‘विद्यालय समायोजनका विषयमा कार्यदल बनेको छ । अब केही समयमा समायोजन हुन्छन,’ उनले भनिन, ‘नगरपालिकामा शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी अभावका कारण पनि केही समस्या भएको छ । 

 

फोटो क्याप्सन- विहिबार रिर्पोटिङमा जादा अशोक नमुना माविमा उपस्थित विद्यार्थी । तस्बिर  सागर परियार

०००
 

To see front face coverage, Click here



प्रकाशित: २०७६ आषाढ १९
July 4th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्