नेपाली समय: १०:४३:३५ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

४ः१४ बजे गयो ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु भक्तपुर

निर्माण सञ्चार, २१ असार, काठमाडौं । शनिबार दिउँसो ४ बजेर १४ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 

पानी समेत परिरहेको अवस्थामा गएको भूकम्पको केन्द्रबिन्दु भक्तपुर रहेको र ४ दशमलव ६ रिक्टर स्केलको धक्का महसुस गरिएको पुष्टि भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १४ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको निर्माण सञ्चारलाई जानकारी दिएका हुन् ।

उक्त धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको उनको भनाइ छ । भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका जिल्ला काभ्रे सिन्धुपाल्चोकमा समेत महसुस भएको छ । 

झरीसँगै भएको भूकम्प धक्काले उपत्यकावासी त्रसित भएका छन् ।

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २१
July 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार