नेपाली समय: ०४:५०:१९ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

जुम्लामा प्राविधिक शिक्षा संचालन


निमार्ण सञ्चार, २२ असार काठमाडौं । जुम्लाका पाँच स्थानीय तहमा विभिन्न विषयको प्राविधिक शिक्षा संचालनमा  छन् ।

गाउँमै प्राविधिक शिक्षा आर्जन गर्न पाउदा विद्यार्थी त खुशि छन्, तर स्रोत नहुँदा प्राविधिक शिक्षा संचालन, फलामको चिउरा चपाउनु जस्तै भएको छ । 

स्थानीय तहले प्रयाप्त बजेट दिएको छैन, पुर्वाधार नहुँदा पठनपाठनमा झनै समस्या छ । 

उपयुक्त भवन नभएकै कारण पाँच वटै ठाउँका ल्याबका विभिन्न सामाग्री थन्कीएका छन् ।

स्रोत नहुँदा केहि विद्याालयमा ऋणकै भरमा भए पनि प्राविधिक शिक्षा जेनतेन संचालन ल्याइएका छन् ।

हाल पाँच वटै प्राविधक शिक्षा संचालकहरुको लागि स्रोत जुटाउनु मुख्य चुनौती भएको छ । 

बाहिरबाट शिक्षक ल्याउनु पर्ने, भनेजति तलब दिनुपर्ने, पुर्वाधार निर्माण गर्नु पर्ने जस्ता समस्याहरु छन् ।

स्थानीय तहले दिने बजेटले तलब खुवाए, पुर्वाधार निर्माण हुदैन, एउटा काम  गरे अर्को गर्न बजेट पुग्दैन ।

त्यसैले दिर्घकालिन स्रोतका खोजीमा यहाँका समुदायहरु लागि परेका छन् ।

सामुहिक बगैँचा, कृषि जस्ता कुनै योजनाको बजेटबाट स्रोत जुटाउने प्रयासमा जुटिरहेको बेला, तातोपानी ८ टोप्लाका झण्डै ९७ जना स्थानीयले ३० रोपनी जग्गा र ठुलो स्याउ बगैँचा दान गरेका छन् । 

कालिका मा वि टोप्लामा संचालित बाली विज्ञान पढाईलाई सहज गर्न त्यहाका स्थानीयले झण्डै सात सय बिरुवा भएको बैगचा, र विभिन्न अन्नबाली उत्पादन गर्न मिल्ने ३० रोपनी जग्गा दान गरेको कालिका माविका विव्यस अध्यक्ष सुरत बहादुर शाहिले बताए ।

उनका अनुसार पुर्वाधार बिनानै प्राविधिक शिक्षा अध्ययन गर्नु पर्ने बाध्यता थियो ।

पुर्वाधार नहुँदा ल्याब थिएन, प्रयोगात्मक फिल्डका लागि प्रयाप्त जग्गा थिएन, तर सबै स्थानीय संग समन्वय र सहकार्य गरेर नै स्रोत जुटाइएको उल्लेख गरे ।

३० रोपनी जग्गामा रहेका सात सय स्याउका बिरुवा मध्य झण्डै ३ सय जति यो वर्ष बाट फल्न सुरु गर्ने छन् ।

भने जग्गामा आलु, काउली बन्दा साग, गाँजर, प्याज, टमाटर लगायत विभिन्न तरकारी समेत लगाईएको छ ।

झण्डै एक सय आठ घरधुरी रहेको टोप्ला गाउँका वर्षेनिक ३ जनालाई निशुल्क पढाउने सम्झौतामा ३० रोपनी जग्गा र स्याउ बगैँचा, प्राविधिक शिक्षा संचालनका लागि दान गरेको प्रधानाध्यापक मान बहादुर शाहिले बताए ।

उनका अनुसार विद्यालयमा जाजरकोट, जुम्ला, मुगुका गरि जम्मा ३३ जना विद्यार्थी अध्ययनरत छन् ।

भने झण्डै ७५ लाख बराबरको जग्गा र स्याउ बगैँचा निशुल्क प्रदान गरिएको छ । गाउँमै प्राविधिक शिक्षा संचालन हुनु खुसीको कुरा हो । 

जग्गा दाता दत्त बहादुर शाहिले भने, स्थानीयतहले बजेट प्रयाप्त नदिँदा प्राविधिक शिक्षा संचालनमा समस्या देखियो, सबै गाउँलेको सहमती अनुसार निशुल्क दिएको बताए ।

७५ लाख बराबरको जग्गा र बगैँचा निशुल्क दिएका छौ, अर्का जग्गादाता कर्ण बहादुर शाहिका अनुसार केही वर्षमा स्याउ बेचेर नै विद्यालय सञ्चालन हुने छ , अन्य स्रोत खोज्नु नपर्ने बताए । 

 

अनुमानित ३० लाख आम्दानी

 

सात सय स्याउका बिरुवाबाट फल्ने स्याउ र ३० रोपनी खेतीयोग्य जमिनबाट उत्पादन हुने कृषि बस्तुबाट अनुमानित वार्षिक ३० लाख आम्दानी हुने स्थानीय दिर्ग बहादुर शाहिले बताए ।

यता विव्यस अध्यक्ष सुरत बहादुर शाहिका अनुसार स्याउ निर्यात, तरकारी विक्रिका लागि बजारीकरणमा जोड दिईने छ । 

भने, वर्षि नै विद्यार्थीहरुले तरकारी आफै उत्पादन गरि खाने र बेच्ने गर्ने छन् ।

साथै प्रयोगात्मक शिक्षाको लागि जग्गा निकै उपयुक्त छ । बाली विज्ञानको ओजेटिका लागि अन्त जानु पर्ने छैन ।

आम्दानी भएको रकमबाट ल्याब, सुविधा सम्पन्न भवन, शौचालय, घेरबार गर्ने लक्ष्य विद्यालयको छ । 

आम्दानीलाई चुस्त दुरुस्त बनाएर, बाली बिज्ञानको पढाईलाई जिल्ला भरी मै  नमुना पढाईको  रुपमा संचालन गर्न टोप्लाबासी जुटेका छन । 

 

विद्यालय कृषि सहकारी

 

दुर्गममा प्राविधिक शिक्षा संचालनका विभिन्न उपाय ल्याउनु वैकल्पिक व्यवस्था राम्रो हो ।

लाखौ आम्दानीको स्रोत जुटेपनि कालिका माविका शिक्षक र विद्यार्र्थी मिलेर विद्यालय कृषि सहकारी समेत स्थापना गरेका छन् ।

मासिक बचत उठाएर ऋण लगानी गर्ने, योजना समेत बनाएको सहकारी संस्थाकी अध्यक्ष रेजिना शाहिले बताईन । उनका अनुसार सहकारीको नाममा बैंकमा खाता खोलेर हाल १५ र २० हजार रकम बचत समेत गरिसकेका छौ । 


यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले दुर्गम शिक्षा प्रणाली सुधारमा स्थानीय सरकार गम्भीर रहेको बताए ।

हामीले शैक्षिक अनुदान, समेत ल्याएका छौ । उनले  स्याउ तरकारी निर्यात तथा पुर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्दता पनि जनाए ।

अहिले कालिका मावि टोप्ला, हिमशिखर, मावि तातोपानी, त्रिभुवन मावि झारज्वलामा ल्याब संचालन तथा अध्ययन गर्न भवन निर्माण भईरहेका छन् ।

अन्य चार ठाउँका प्राविधिक शिक्षा संचालकहरु पनि स्रोतको खोजीमा छन् ।

 

०००

 



प्रकाशित: २०७६ आषाढ २२
July 7th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्