नेपाली समय: १०:४६:२९ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

सन्राइज बैंक लिमिटेडले गर्यो शाखा विस्तार


                                               
निर्माण सञ्चार, २२ असार, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । 

यसै क्रममा नवलपुर स्थित कावासोतीमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर श्री प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा शाखा बैंकको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा सन्राइज बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या ११२ वटा पुगेको छ ।

साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालनमा ल्याउने योजना बनाएको छ ।

०००



प्रकाशित: २०७६ आषाढ २२
July 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार