नेपाली समय: ०४:४९:०१ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रबैंकको भवन शिलान्यास: नमूना भवन बन्ने शुभकामना

निर्माण सञ्चार, २३ असार, काठमाडौं । भूकम्प पछिको पुनर्निर्माण नभएको नेपाल राष्ट्र बैंकको भवन आज राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छन् ।

बालुवाटारस्थित बैंकको आफ्नै पुरानो उक्त भवन परिसर ५ हजार ३२ वर्ग क्षेत्रफलमा रहेको छ । शिलान्यास भएको उक्त भवन आउने ०७८ सालमा सक्ने लक्ष्य राखिएको बैंकले बतायो ।


भूकम्पछिको पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको प्रविधिक सहयोगमा यो भवन निर्माण कार्य अघि बढेको हो ।

समानान्तर जेभिले २ अर्ब ८ करोड लागतमा निमार्ण गर्ने सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको हो ।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्रबैंकले स्थापनाकालदेखिको भूमिका उल्लेख गर्दै निर्माण सुरु भएको उक्त भवन पुनर्निर्माणको नमूना बन्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा तथा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समेत मन्तव्य राखेका थिए । 

०००



प्रकाशित: २०७६ आषाढ २३
July 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार