नेपाली समय: १०:३८:३४ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

टिटिडिसी सचिव तिमल्सिनालाई सहकारीले गर्यो सम्मान

निर्माण सञ्चार, २३ असार, काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिसी) सचिवमा भारी मतले विजयी बनेका पर्यटन व्यवसायी बद्री प्रसाद तिमल्सिना सम्मानित भएका छन् ।

उनलाई खुशियाली साकोसले सम्मान गरेको अर्थशास्त्री समेत रहेका साकोसका राज तिमल्सिनाले जानकारी दिएका हुन् ।

तिमल्सिना गत जेठ २५ गते भएको टिटिडिसी साधारण सभाबाट भारी मतले सचिवमा विजयी बनेका थिए ।

समाजसेवी तथा पर्यटन व्यवसायीको छवि बनाएका युवा तिमल्सिना ठमेललाई पर्यटकीय हबका रुपमा सबैभन्दा उत्कृष्ट गन्तव्य, सफ र सभ्य ठमेलका रुपमा विकास गर्न चाहन्छन् ।

 

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २३
July 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार