नेपाली समय: ०६:४९:५६ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

शाखा बढाउँदै सनराइज बैंकः ११३ औं शाखा खुल्यो सप्तरीको कल्याणपुरमा

निर्माण सञ्चार, २४ असार, काठमाडौं । सनराइज बैंकले सप्तरी कल्याणपुरमा ११३ औं शाखा विस्तार गरेको छ ।

ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले शाखा विस्तार क्रममा कल्याणपुरमा पनि शाखा खोलेको बैंकले जनाएको हो ।
उक्त नयाँ शाखा सप्तरी स्थित खडक नगरपालिका वडा– ७ कल्याणपुरमा खुलेको छ ।

गत आइतबार विशेष समारोह बीच खडक नगरपालिका मेयर हेमायु हँक र संचालक समितिका सदस्य बच्छराज तातेडले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखा रहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर र १२७ वटा एटिएम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

०००

 



प्रकाशित: २०७६ आषाढ २४
July 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार