नेपाली समय: ०४:४९:०६ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

शिखर शैलीमा बन्ने भो बालगोपालेश्वर मन्दिर, साँढे १४ करोडमा सम्झौता

निर्माण सञ्चार, असार २५, काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ ।

बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सिए÷तुलसी कन्स्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भए पछि चाँडै बन्ने कुरा परिपक्व भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपियाँ छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता भएको बताएका छन् ।

उक्त मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण सिइओ ज्ञवालीको भनाइ छ ।

उपभोक्ता समितिमार्फत्  पुनर्निर्माण !

उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने बताए । 

प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर निर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिएका थिए ,

सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बचन दिए ।

रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य यतिबेला भइरहेको छ ।

मूलतः उपभोक्ता समिति मार्फत् हुने कामको राजश्व आउँदैन र निर्माण कार्य कमशल वा गुणस्तरीय भयो भनी कारबाही गर्ने परिपाटी पनि कमजोर देखिन्छ ।

तैपनि सरकार जनताको करबाट संकलित बजेट राजश्य परिभाषित निकाय भन्दा बाहिरबाट खर्च गर्ने गरी पुनर्निर्माणका कामहरु पनि उपभोक्ता समिति मार्फत् गर्ने प्रेरित किन छ ?

विश्वमै सार्वजनिक खरिद अन्तर्गत कहिलै पनि परिभाषित नभएको यो उपभोक्ता समितिले नेपालमा भने करोडौंको बजेट करको दायराभन्दा बाहिर सञ्चालन गर्ने परिपाटी छ । 
जुन अभ्यास उपयुक्त हैन ।

बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण सिइओ ज्ञवालीको भनाइ छ
०००

 

To see front face coverage, click here

 

 



प्रकाशित: २०७६ आषाढ २५
July 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार