नेपाली समय: १०:३८:४७ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

पानी जहाज चलाउन आएका कम्पनीलाई नेपाल पानी जहाज कार्यालयले दिन सकेन अनुमति !

निर्माण सञ्चार, २५ असार, काठमाडौं । कानुन अभावमा अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्न भन्दै आएका २ कम्पनीलाई नेपालमा पानीजहाज कार्यालयले अनुमति प्रदान गर्न सकेन ।

पानी जहाज चलाउने भन्दै ठूलै हंगामा भएको नेपालमा काम गर्छु भनेर आएका निकायलाई अनुमति दिन नसक्नु अर्काे लाजमर्दाे कुरा बनेको छ ।

कानुनको अभावमा अनुमित पत्र प्रदान गर्न नसकेको कार्यालयको भनाइ छ । केही दिन अघि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा व्यापारिक तवरले पानी जहाज सञ्चालन गर्ने अनुमति माग्दै दुई कम्पनी पुगेका थिए ।

त्यतिबेला नै २०२७ सालमा पानी जहाजसम्बन्धी ऐन बनिसकेको थियो । तर, उक्त ऐनले अन्तर्राष्ट्रिय कानुन र त्यसका सीमा, दायित्व र अधिकारका कुराहरुलाई भने पर्याप्त रुपमा समेटन् सकेको छैन भन्छन् अधिकारीहरु

तर, हालै ऐन कानुन नै नबनेको अवस्थामा आएकालाई समेत अनुमति पत्र प्रदान गर्न कठिनाइ उत्पन्न भएको कार्यालयका रजिष्ट्रार ऋषिराम कोइरालाको भनाइ छ ।

नेपाली ध्वजाबाहक बनेर पानी समुद्रमा पानीजहाज सञ्चालन गर्न सबैभन्दा पहिले उक्त कार्यालयको अनुमति चाहिन्छ ।

तर, सरकारले नीति निर्माण गर्नु भन्दा पनि पहिले कार्यालय स्थापना गरेको हुनाले नीति अभावमा काम भने गर्न नसकेको अधिकारीहरु नै स्वीकार गर्छन् ।

नीति अभावमा खुलेको कार्यालय र पदस्थापन भएका कर्मचारीहरु पनि काम बिना नै दिन कटाउने र तलब पचाउनेमा मात्रै सीमित छन् ।

कार्यालयका रजिष्ट्रार कोइराला अनुसार व्यापारिक पानीजहाज सञ्चालनका लागि इच्छा देखाउँदै आएक दुई प्रस्तावित कम्पनीका लागि अनुमति प्रदान गर्नेबारे कुरा अघि बढको छ ।

उनले भने, ‘नेपाली ध्वजावाहक बनेर पानीजहाज सञ्चालन गर्न भन्दै  हामीकहाँ दर्ता माग्दै दुई कम्पनी आएका हुन् । तर, हामीसँग ऐन कानुन नै बनिनसकेको हुनाले अनुमति दिन नसकेको हो ।’

उनले भने, ‘सामुद्रिक मार्गमा जहाज चलाएको अनुभव नेपालसँग पनि नभएकाले हामीले तिनै समूहलाई ऐन कानुनका लागि समेत सहयोग गर्न भनेको अवस्था छ । उनीहरु कानुन निर्माणका लागि समेत सहयोग गर्ने वचन दिएका छन् । अब काम छिटै अघि बढ्नेवाला छ ।’

ऐन त छ तर अपूरो

नेपालमा पानी जहाज यौटा आहान नै बनिसकेको छ । तर, नेपालमा पानी जहाज भने झन्डै ४ दशक अघि नै थियो । 

त्यतिबेला नै २०२७ सालमा पानी जहाजसम्बन्धी ऐन बनिसकेको थियो । तर, उक्त ऐनले अन्तर्राष्ट्रिय कानुन र त्यसका सीमा, दायित्व र अधिकारका कुराहरुलाई भने पर्याप्त रुपमा समेटन् सकेको छैन भन्छन् अधिकारीहरु ।

रजिस्ट्रार कोइरालाका अनुसार कार्यालय अब कानुन बनाउन जुटिसकेको छ । उनले भने, ‘हामी एकीकृत खाका तयार गर्दै छौं, जसमा अन्तर्राष्ट्रिय कानुन र नियम समेत समेटिने छ ।’

पानीजहाज दर्तासम्बन्धी ऐन २०२७, नेपाली पानी जहाज दर्ता नियमावली–  २०२८, नेपाली पानीजहाज (प्रमाणपत्र रोजानाच्चा) ऐन २०२७ र नेपालको व्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन २०२७ त्यतिबेलै ल्याइएको कोइराला बताउँछन् ।

उनले कार्यालयले अब सोही आवश्यकता अनुसार कानुन बनाउने तयारी गरेको हो ।

कनुन बनेर अनुमति माग्न आएकाले अनुमति पाउन भने करिब वर्ष दिन जति पर्खनु पर्ने देखिन्छ । कार्यालयकै भनाइ अनुसार ऐन बनाएर अनुमतिपत्र दिन १० देखि ११ महिना लाग्छ ।

२०२८ सालमा राजा महेन्द्रको पहलमा व्यवसायी प्रभाकर शमशेर सहितको समूहलले नेपाली ध्वजाबाहक पानी जहाज निजी लगानीमा खरिद गरेको थियो ।
केही समय सञ्चालनमा समेत आएको उक्त जहाज नेपाली झन्डा सहित एसिया प्यासिफिक समुद्रमा चलेको थियो 

किनकि, पानीजहाज सञ्चालनका लागि नेपालले पनि २७ अन्तर्राष्ट्रिय सन्धिमहासन्धिको पालना गर्नुपर्ने हुन्छ।  यस सम्बन्धी इन्टरनेसनल मेरिटाइन अर्गनाइजेसन (आइएमओ) को नियम नेपालले पनि पालना गर्नुपर्ने हुन्छ।

मेरिटाइन अर्गनाइजेसन पानीजहाजसम्बन्धी नियमपालना गराउने अन्तर्राष्ट्रिय संस्था हो। 

कोशी नारायणीका लागि बन्दै छ आन्तकिर जलयान सञ्चालन निर्देशिका

त्यस्तै, नेपालले पहिलो पटक आन्तरिक जलयान सञ्चालन सम्बन्धी नीति निर्माण पनि गर्ने भएको छ । त्यसका लागि ‘जलयान सञ्चालनसम्बन्धी नियमावली’ ल्याउने तयारीमा कार्यालय रहेको छ ।

त्यसका लागि यतिबेला नियमावली मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। नियमावली पछि नेपालका ठूला नदी कोशी र नारायणीमा जहाज चल्ने अनुमति लिने बाटो खुल्ने छ ।

कस्तो थियो २०२८ सालमा नेपालको पानी जहाज ?

नेपाली पानी जहाज आज भन्दा करिब ४८ वर्ष अघि तत्कालीन राजा महेन्द्रले सुरु गरेका थिए । तर, सो पानी जहाज सञ्चालनका लागि नेपालको लगानी चाहिँ नरहेको अध्ययनले देखाएको छ ।

राजा महेन्द्रको पहलमा व्यवसायी प्रभाकर शमशेर सहितको समूहलले नेपाली ध्वजाबाहक पानी जहाज निजी लगानीमा खरिद गरेको थियो
२०२८ सालमा राजा महेन्द्रको पहलमा व्यवसायी प्रभाकर शमशेर सहितको समूहलले नेपाली ध्वजाबाहक पानी जहाज निजी लगानीमा खरिद गरेको थियो ।

केही समय सञ्चालनमा समेत आएको उक्त जहाज नेपाली झन्डा सहित एसिया प्यासिफिक समुद्रमा चलेको थियो ।

राजा महेन्द्रले छिमेकी भारत सहितका अन्य मुलुकहरु सँग दोहोरो सम्झौता गरेर नै पानी जहाज सञ्चालन सुरु गराएका थिए । सो पानी जहाजलाई गण्डकसम्म ल्याउन सक्नेगरी अन्तराष्ट्रिय सम्झौता भएको थियो । तर, सञ्चालनमा आएको दुई वर्षपछि जहाज सेवा बन्द भएको थियो । 

कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेख अनुसार रोयल नेपाल सिपिङ क्रप्सको नाउँमा कम्पनी दर्ता नं ५ सय २२ मा २०२८ साल असोज ८ गते दर्ता सहित पानी जहाज कम्पनी सुरु भएको थियो ।

 

०००

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २५
July 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार