नेपाली समय: १०:४१:४६ बिहान
वि.सं २०७६ आषाढ ३१   मंगलवार

८ लाख घुससहित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रंगेहात पक्राउ

निर्माण सञ्चार, बिहीबार, २६ असार, काठमाडौं । भ्रष्टाचारै भ्रष्टाचारले गाँजेको स्वास्थ्य तथा प्राज्ञिक क्षेत्रको पछिल्लो कडी बन्न पुगेका छन्, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र डा रामहरी रौनियार ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुवैलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत समयमै घुससहित रंगेहात पक्राउ गरेको छ। 

स्रोत अनुसार रौनियार दुवैले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनका नाउँमा सेवाग्राहीसँग घुस लिएका हुन् ।

अख्तियारले सो सूचना पाएपछि उनीहरु पक्राउमा परेका थिए । अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

यसको पुष्टि अख्तियार स्रोतले गरेको छ । 

प्रवक्ता प्रदीपकुमार कोइरालाले दुवै रौनियार बन्धुलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई धरानस्थित कार्यालय परिसरभित्र त्यो पनि उपकुलपतिको निवासबाटै  रंगेहात पक्राउ गरिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान भइरहेको छ ।

०००

 



प्रकाशित: २०७६ आषाढ २७
July 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार