नेपाली समय: ०१:०२:४० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

बाढी पहिरो अपडेटः देशैभर २१ को मृत्यु, १० घाइते, १० बेपत्ता

निर्माण सञ्चार, शनिबार २८, असार, काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण यतिबेला मुलुक आक्रान्त छ । भारतीय बाँधका कारण रौतहट डुबेको छ । तर, पछि भारततिरको बाँध आफैं फुटेकाले नेपालबाट बाढी भारतीय बस्तीमा पसेको अवस्था छ ।

वर्षाका कारण पहाडमा पहिरो र तराई डुबानले गर्दा यतिबेला मुलुकभर केही मानिसहरुको मृत्यु भएको छ भने दर्जन बढी मानिस घाइते र बेपत्ता छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । दर्जन बढी घाइते छन् ।
यसलाई गृह मन्त्रालयले पुष्टि गरेको छ । 

गृह अनुसार ५० जनाको उद्धार गर्न नेपाली सेना तथा प्रहरी सफल भएको छ भने बाढी र पहिरोमा परी मर्ने र बेपत्ता हुनेहरूको संख्या थपिने सम्भावना पनि त्यतिकै छ ।

गएरातिसम्म बाढी विपदाबाट मर्नेको संख्या १७ तथा ७ बेपत्ता भएको रेकर्ड प्रहरीले उपलब्ध गराएको थियो ।

कहाँ कति मानवीय क्षति ?

गृहले जनाए अनुसार शनिबार बिशानसम्म काठमाडौंमा ४ जना र खोटाङमा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुने क्रममा झापा, काभ्रे र भोजपुरमा २–२ जना रहेका छन् भने पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ । 

विपदबाट उद्धार जारी

सेनाले जनाए अनुसार तराई तथा पहाडी क्षेत्रमा जहाँ बाढी र पहिरोको विपदा छ, त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीहरु यतिबेला उद्धार तथा राहतमा जुटेका छन् । 

यो कार्य हिजैदेखि जारी छ ।

उद्धाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ गृहमन्त्रालयले बताएको छ ।

तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएको छ भने पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालय बताउँछ ।

मृत्यु हुनेहरुमा को को ?

गृहमन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार काठमाडौं मूलपानीमा पर्खाल भत्कँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो । 

त्यस्तै, ललितपुरमा पहिरोमा पुरिएर एकको ज्यान गएको छ ।

काठमाडौंको कागेश्वरी मनहरा– ६ टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
टहरामा बस्दै आएका उनीहरूको बलराम खत्रीको घरको पर्खाल भत्किँदा  च्यापिएर मरेका हुन् । 

उनीहरु बारा स्थायी घर भएका उनीहरू काठमाडौंमा ज्यालादारी काम गर्थे । 

ललितपुरमा बागमती नगरपालिका–२ मा पहिरोले घर पुरिँदा सुरज जिम्बाको मृत्यु भएको थियो ।

यस्तो छ पछिल्लो डाटा


 

 

OOO

पढौं यो पनि

बाढीपहिरो अपडेटः १७ को मृत्यु, ७ बेपत्ता, देशैभर कहाँ कस्तो छ अवस्था ?



प्रकाशित: २०७६ आषाढ २८
July 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार