नेपाली समय: ०५:०७:०४ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

बाढी–पहिरो अपडेटः मर्नेहरुको संख्या ३४, ललितपुरमा सबैभन्दा बढी

निर्माण सञ्चार, शनिबार, २८ असार, काठमाडौं । वर्षाका कारण देशैभर ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

कहाँ कति ?

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शनिबार साँझसम्म मृत्यु हुनेमा सबैभन्दा बढी ललितपुर जिल्ला रहेको छ । जहाँ मर्नेको संख्या ५ जना पुगेका छन् ।
त्यस्तै, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३–३ जना पुगेका छन् । 

त्यस्तै, धादिङ र सिन्धुलीमा २–२ जना पुगेका छन् भने पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा मर्नेको संख्या एक–एक रहेको छ ।
यो सबै गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

बेपत्ता कति ?

बाढी पहिरोमा परी अहिलेसम्म बेपत्ता हुनेको संख्या १६ रहेको छ । त्यसमा सबैभन्दा बढी बेपत्ता हुनेहरुमा सिन्धुलीमा ४ जना रहेका छन् । 

त्यस्तै, काठमाडौं, ललितपुर, मकवानपुर, सुनसरी, महोत्तरी, रौतहट, पाँचथर, झापा, उदयपुर, मोरङ, धादिङ र भोजपुरमा एक–एक  जना बेपत्ता भएको प्रहरी स्रोतको भनाइ छ ।

घाइते कति ?

घाइते हुनेमा सबैभन्दा बढी मकवानपुरमा ४ जना रहेका छन् भन् काभ्रेमा २ तथा दोलखा, सुनसरी, खोटाङ, रामेछाप, धादिङ र चितवन १–१ जना गरी १२ जना पुगेका छन् ।

घाइतेहरुलाई स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । यो संख्य बढ्न सक्ने प्रहरी बताउँछ ।

 

०००

पढौं यी पनि

 

To see front face coverage, click here

 



प्रकाशित: २०७६ आषाढ २८
July 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार