नेपाली समय: ०६:४६:५६ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

लक्ष्मणपुर बाँधको ढोका खोले पनि राप्ती नदीले ठोक्यो ‘खतराको साइरन !’

निर्माण सञ्चार, शनिबार, २८ असार, बाँके । सुरुमा बाँधको ढोका नखोलेर नेपालमाथि ‘राजनीति’ गरिरहेको भारतले लक्ष्मणपुर बाँधको ढोका खोले पनि राप्ती नदीमा बाढीको बढ्दो सतहले खतराको संकेत पार गरेको छ ।

नदीमा बढ्दो बाढीको सतहले खतराको संकेत पार गरेपछि स्थानीयको सुरक्षाका लागि राप्ती तटीय क्षेत्रमा मापन केन्द्रले खतराको ‘साइरन’ बजाएको हो।

रोल्पा, प्युठान, दाङ र आसपास क्षेत्रमा हुने भारी वर्षाको कारण राप्ती नदीमा पानीको सतह ५.४० मिटर भएको स्थानीय सुरक्षा निकायले बतायो । 

मापन केन्द्रले दिएको जानकारी अनुसार शनिबार साँझ नलाग्दै राप्ती नदीको बाढीको बहाव ६ मिटरसम्म पुगेको छ । तर, प्रहरीले राति ८ बजेतिर भने पानीको बहाव घट्दो क्रममा रहेको बतायो ।

यो प्वाइन्टमा पुग्नै बित्तिकै तटीय क्षेत्रमा साइरन बजाएर उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्ने सूचना दिदै साइरन बजाइने गरिन्छ। 

नदीमा पानीको सहत बढेपछि स्थानीय प्रहरी सहितको उद्धार टोली स्ट्यान्डबाई रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

एसपी ओलीले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सूचना गरिसकेको जानकारी समेत दिएका छन् ।

उनका अनुसार उद्धारका लागि रबर बोट, लाइफ ज्याकेटसहित ३० प्रहरी स्टेडबाइ छन् भने आवश्यक पर्दा सैनिक टोली पनि सम्पर्कमा रहेको बताए । यो सँगै सिडियोले आफूहरुलाई सशस्त्र प्रहरीको टोलीले पनि समन्वय गरिरहेको उनको भनाइ छ ।

पानीको बहाव बढे पनि दिउसोसम्म भारतीय पक्षले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधको ढोका खोलेको थिएन । पटक पटक अनुरोध गर्दा पनि नसुनेको भारतीय पक्षले साँझ पर्नु अघि उक्त बाँधको ढोका खोलेको प्रहरीले बतायो । 

राप्ती नदीमा बाढी आउने बाढीले सोनारी, डुडुवा र नरैनापुर गाउँपालिका लगायत आसपासका बस्तीहरु डुबाउने गरेको छ ।

 

०००

पढौं यो पनि

 

 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार