नेपाली समय: ०६:४५:०५ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ४८, ३५ बेपत्ता, ११ सयको जीवितै उद्धार !

निर्माण सञ्चार, आइतबार, २९ असार, काठमाडौं । चार दिनदेखिको अविरल वर्षासँगै बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ भने ३५ जना अझै बेपत्ता रहेका छन् ।

नेपाल प्रहरीले जनाए अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु हुने प्रदेश नम्बर १ रहेको छ । जहाँ १७ जनाको मृत्यु भएको छ । 
त्यस्तै, प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । 

यो सहित पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको पाइएको छ ।

त्यस्तै, बाढी पहिरोमा परी मर्नेहरुमा प्रदेश ५ को पाल्पा र दाङमा एक–एक जना, कर्णाली प्रदेशको डोल्पामा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ललितपुर र भोजपुरमा पाँच–पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन्  भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ । 

 


०००

पढौं यो पनि
बाढी–पहिरो अपडेटः मर्नेहरुको संख्या ३४, ललितपुरमा सबैभन्दा बढी

 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार