नेपाली समय: ०९:५२:४० राती
वि.सं २०७६ मंसिर २९   आइतबार

कोशी ब्यारेजको खतरा टर्यो त ? ५६ वटै ढोका खोलिएपछि कस्तो छ अवस्था ?

निर्माण सञ्चार, आइतबार, २९ असार, विराटनगर । भारतको अनेक दबाबका बाबजुद यतिबेला ५६ वटै ढोका खोलिएका छन् । 
सबै ढोका खुलेपछि बाढीको उच्च बहावको त्रास केही कम भएको छ । बाढीको चाप अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोलिएको ब्यारेज चौकीले जानकारी दिएको हो ।

ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालका अनुसार आजको भन्दा हिजो शनिबारको पानीको बहाव अत्यधिक बढी थियो । अहिले केही कम भएको छ ।

ब्यारेजमा शनिबार पानीको बहाव ३ लाख १८ हजार ६५० क्यूसेक पुगेको थियो ।

यो ब्यारेजको पानी बहन क्षमता नौ लाख क्यूसेक रहेकोमा यतिबेला भने २ लाख ९० हजार क्यूसेक पानी बगिरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पानीको बहाव अत्यधिक भएपछि दुई दिन अघिदेखि नै सप्तकोसीमा प्राविधिक सहित अनुगमन गर्न भनेको थियो भने आवश्यक सुरक्षा सहित सतर्क रहन पनि भनेको थियो ।

हिजो ब्यारेजको ढोका खोल्न नमानेको भारत पछिल्लो घडीमा सहयोगी बनेको देखियो । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीका अनुसार यतिबेला भने ब्यारेजको अवस्था ठीक छ ।

उनले भारतीय पक्षसँग समन्वय गरेर काम भइरहेको पनि बताए ।

वर्षाको अवस्था अझै टरिनसकेकोले कोशी ब्यारेजमा पानीको बहाव बढ्ने खतरा पनि अझै टरिनसकेको प्रमुख जिल्ला अधिकारी गिरीको भनाइ छ ।

०००

यो पनि पढौं

कोसी नदीमा बाढीको बहावले बजायो खतराको साइरनः खोलिए ३० वटा ढोका

 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार