नेपाली समय: ०५:०९:५३ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

बाढी–पहिरोबाट ज्यान गुमाउनेको संख्या ५० पुग्यो, ३३ अझै बेपत्ता !

निर्माण सञ्चार, आइतबार, २९ असार, काठमाडौं । ४ दिनदेखिको झरीका कारण बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेको छ । यतिबेला ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । 

प्रहरी प्रधान कार्यालय, नक्सालले दिएको जानकारी अनुसार घाइते हुनेको संख्या २५ रहेको छ भने अझै पनि ३३ जना बेपत्ता छन् ।

बाढी पहिरो प्रभावित विभिन्न जिल्लामा गरी हालसम्म ११ सय ४ जनाको उद्धार गरेको प्रहरी स्रोत भन्छ, अझै बढीको उद्धार गरेको आँकडा फाइनल गर्न बाँकी छ । 

घाइतेहरुलाई सम्बन्धित जिल्ला अस्पतालहरुमा उपचार गराइरहेको प्रहरीले बतायो ।

०००

पढौं यो पनि

 

To see front face coverage, clicke here

 



प्रकाशित: २०७६ आषाढ २९
July 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार