नेपाली समय: १०:२६:०७ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

उपभोक्ता समितिबाट निर्मित तिलाका ग्रामीण सडक मापदण्ड विपरीत

निर्माण सञ्चार, ३० असार, काठमाडौं । तिला गाउँपालिकाले पुर्वाधार निर्माणमा विशेष प्रथामिकता दिएर चालू आवमा बस्ती बस्तीमा सडक पुराउने योजना बनायो ।

भौगोलिक विकटताकाले सडकलाई प्रथामिकता दिने तिलाको योजना आम नागरिकका लागि स्वीकार्य थियो ।

सोहि अनुसार करोडौको लागतमा विभिन्न गाउँमा सडक निर्माण गरिएका छन् । 

तिलाका ३१ वटा गाउँका हजारौ नागरिकलाई सडकको पहुँचमा पुराउन सडक निर्माणलाई अघि बढाईयो ।

कतै ठेक्का बाट कतै उपभोक्ता समितिबाट सडक निर्माण भएका हुन् ।

तर अनुगमनका क्रममा ठेक्का भन्दा उपभोक्ता समितिले निर्माण गरेको सडक मापदण्ड विपरित देखिएको छ ।

प्रत्येक ग्रामिण सडकको चौडाई कम्तीमा पनि ५ मिटर हुनुपर्ने प्रावधान छ ।

तर तिलाका अधिंकाश सडक भने बढि साडे दुई देखि तीन मिटर मात्रै चौडाईमा निर्माण भएका छन् । 

तिलाका विभिन्न ठाउँमा निर्माण भएका सडकहरु उपभोक्ता भन्दा ठेकेदारले निर्माण गरेका सडक मापदण्ड अनुसार छन् ।

भने उपभोत्ता समिति र इन्जिनियरको मिलोमत्तोमा उपभोता समितिले निर्माण गरेका सडक मापदण्ड अनुसार निर्माण नभएको तिला गाउँपालिका उपाध्यक्ष तथा अनुगमन संयोजक विष्णुमाया बुढाले बताइन् ।

उनका अनुसार रारा हुँदै पोर्खि गाउँ जाने सडक ठेक्का मार्फत निर्माण गरियो ।

तर उपभोक्ताले आफुलाई काम दिनुपर्यो भनेपछि पोर्खि देखि घोडे महादेव सम्म जाने सडक निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिईयो ।

तर सडक निर्माणमा भने उपभोक्ता समितिले बदमासी गरेको भेटियो ।

प्राविधिकले तोकेको लाईन अनुसार ५ मिटर चौडाई सडक हुनु पर्ने हो । 

तर फिताले नाप्दा पनि धौधौ गरि तीन मिटर मात्रै सडक खनिएको छ ।

झण्डै २५ लाखको लागतमा निर्माण भएको सडक गोरेटो बाटो जस्तै छ ।

तर ईन्जिनियर जनक रोकायाले भने, सडक गुणास्तरी निर्माण भएको भन्दै भुक्तानीका लागि सिफारिस गरेको भेटिएको छ ।

उपभोत्ता समिति संग मिलेर उनले तिलाका सबै सडक गुणस्तर भएको झुटो विवरण दिएको पाईएको हो । 

स्थानीय कमल रोकायाका अनुसार सडक निकै साघुरो भयो मापदण्ड अनुसार निर्माण गर्न दबाब दिँदा पनि सुनुवाई नभएको बताए ।

उनका अनुसार उपभोक्ता समितिले बजेट अनुसारको सडक निर्माण गरेको छैन ।

ठेगेदार सेनाङ लामाले भने, धरौटी जफत हुने, कालो सुचीमा पर्ने डरले निकै गुणस्तरी सडक निर्माण गरेको छन् । 

तर उपभोक्ता समितिले भने मनपरी गरि बजेट पचाउने मेसो गरेको छ ।

सडक निर्माणका विषयमा पोर्खि, घोडेका सयौ स्थानीयले आक्रोस व्यत्त गरेका छन् ।

गाउँपालिका र प्राविधिकको स्टामेट अनुसार सडक निर्माण नभएको भन्दै तिला गाउँपालिकाले भुक्तानी समेत रोकेको उपाध्यक्ष बिष्णुमाया बुढाको भनाई छ ।

ईन्जिनियर जनक रोकायाले भुक्तानीका लागि दबाब दिएपनि अनुगमनमा सडक मापदण्ड अनुसार निर्माण नभएको भेटिएपछि भुत्तानी रोकिएको हो ।

सडकको फिनिसिङ पनि नगरी अव्यवस्थित गरि छोडेका छन् । 

उदाहरण, रारा पोर्खि र पोर्खि घोडे सडकलाई लिएपनि तिला लगायत जुम्ला भरी उपभोक्ताले निर्माण गरेका सबै संरचना मापदण्ड विपरित छन् ।

साथै तिलाको घोडेमा  आरसिआईडब्लुसले १५ लाखको लागतमा उपभोक्ता समितिकै अगाडि गुणस्तरी सडक निर्माण गरेको छ ।

उपभोक्ताले योजना लिन मरिहत्ते गर्ने र काम मनपरी तथा मापदण्ड विपरित गर्ने प्रबृतिले गर्दा विकास निर्माण क्षेत्र प्रभावित भएको तिलाका जनप्रतिनिधि बताउछन् । 

पुर्वाधार निर्माणका लागि स्थानीय सरकारले छुटाएको करोडौ बजेट मध्य उपभोत्ताबाट झण्डै ३० प्रतिशत बजेट बराबरको सडक निर्माण गरिएको छ ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा उपभोक्ता समितिबाट निर्माण भएका ग्रामिण सडकहरु अधिकांश मापदण्ड विपरित रहेका छन् ।

तातोपानी गाउँपालिकाको २ नम्बर वडामा बस्तीनै जोखिम बनाएर उपभोक्ता समितिले सडक निर्माण गरेको छ । 

झण्डै ४० लाख लागतमा निर्माण भएको सडकले बस्ती जोखिममा परेको छ ।

भने सिंजाको बड्कीमा पनि घरै जोखिम बनाएर सडक खन्दा समस्या भएको स्थानीय नेत्र शाहि बताउँछन् ।

गाउँ गाउँमा निर्माण गरिएका सडकहरु प्राविधिक स्टमेट अनुसार निर्माण नगरी बजेट पचाउने खेल मात्रै गरेको नागरिकको गुनासो छ ।

सबै कामहरु ठेक्का बाटै गर्नु पर्ने जुम्लाबासीको माग छ ।


०००



प्रकाशित: २०७६ आषाढ ३०
July 15th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्