नेपाली समय: ०१:०३:२४ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंकद्वारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

निर्माण सञ्चार, ३१ असार, काठमाडौं । सन्राइज बैंकले वातावरण संरक्षण हेतु त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ ।

क्लबले वातावरण र खेलकुद प्रर्बदनको लागि ल्याएको गो ग्रीन गल्फ क्याम्पेन अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न  जात जातीका बिरुवाहरु लगाइएको थियो ।

गल्फ क्लबले खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा  समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ । 

बैंकका अध्यक्ष श्री मोतीलाल दुगड ज्यु तथा वडा अध्यक्ष रथि श्री गौरव तन्डुल ज्युले बृक्षरोपण गरी सुरुवात गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेड, श्री ईं शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका तर्फबाट पूर्व प्रधान सेनापती  श्री रुकमाङ्गद कटुवालका साथै सन्राइज बैंक र आर्मीका तर्फबाट अन्य पदाधिकारीहरुले पनि बृक्षरोपण गरेका थिए । 

 

०००



प्रकाशित: २०७६ आषाढ ३१
July 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार