नेपाली समय: ०५:०७:५५ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

सनराइज बैंकको एक अर्बको ऋणपत्र जारी

 

निर्माण सञ्चार, ३१ असार, काठमाडौं । सनराइज बैंक लिमिटेडको रु १,००० र ( अंकित दरको पाँच वर्ष अवधि भुक्तानी भएको वार्षिक १० प्रतिशत व्याजदर भएको अर्धवार्षिक ब्याज भुक्तानी गर्ने रु १ अर्ब रकम बराबरको ऋणपत्र खरीदका लागी आह्वानपत्र प्रकाशीत गरेको छ । 

सो मध्ये ४,००,००० कित्ता बराबरको रु ४०,००,००,०० (अक्षेरेपी चालीस करोड रुपियाँ मात्र) को (डिबेन्चर) सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा ६,००,००० कित्ता बराबरको रु ६०,००,००,००० (अक्षेरेपी साठ्ठी करोड रुपियाँ मात्र  ऋणपत्र (डिबेन्चर) परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरेको छ ।

ऋणपत्र मिति २०७५–१२–२० बाट खरीद गर्न सकिने र उक्त निष्काशन छिटोमा मिति २०७५–१२–२५ र ढिलोमा मिति २०७६–०१–१९ सम्म खुल्ला रहनेछ । 

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।

केयर रेटिङ नेपाल लिमिटेडले न्यून कर्जा जोखिम ‘केयर एनपी ए’ रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ४,००,००० कित्ताको लागी आबेदन गर्न पाउने ब्यवस्था रहेको छ । 

यस अघि बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग प्रति शेयर अकिंत तथा चुक्ता मूल्य रु १००० कायम भएको सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता गरेको थियो ।

सम्झौता पत्रमा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र  सिंह साउद र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री आशा राणा अधिकारीले हस्ताक्षर गरेका थिए ।

यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्य सहित यस बैंकले ११३ वटा शाखा, ३७ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

०००



प्रकाशित: २०७६ आषाढ ३१
July 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार