नेपाली समय: ०५:१२:१४ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

नेपाल राष्ट्र बैंकद्वारा साँवा र ब्याज बुझाउने समय थप

निर्माण सञ्चार, ३१ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैँकले आषाढ मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने व्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सह्राना गरेको छ ।

नेपाल उद्योग परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा व्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो ।

उक्त सुझाव प्रस्तुतका क्रममा कर तथा व्याज भुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिन कार्यवाहक गभर्नर एवं राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।


०००

 

यो पनि
नेपाल राष्ट्र बैंक समक्ष मौद्रिक नीतिमा परिसंघको सुझाव



प्रकाशित: २०७६ आषाढ ३१
July 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार