नेपाली समय: ०९:२३:३४ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

जुम्लामा विपद पूर्वतयारीमा स्थानीय तह

निर्माण सञ्चार, १ साउन, काठमाडौं । प्राकृतिक विपतीबाट हुने क्षति न्युनिकरण गर्न जुम्लाका स्थानीयतह पुर्वतयरीमा छन् ।

केहि दिन यता देखि देशभर मनसुन सक्रिय हुँदा ठुलो रुपमा जनधनको क्षति भईसकेको छ ।

झण्डै ६० जना भन्दा बढिको मुत्यु भइसकेको छ ।भने, सयौ बेपत्ता भएका छन् । कर्णालीमा हाल सम्म डोल्पामा ३ जनाको बाढिमा परी ज्यान गएको छ । 

अझै मनसुन सक्रिय हुने भएकोले जुम्लाका स्थानीय तहहरु विपद पुर्वतयारीमा रहेका छन् ।

अहिले भईरहेको भारी वर्षाको कारण हुन सक्ने जनधनको क्षति कम गर्न तथा हुन सक्ने जोखिमबाट बच्नका लागि स्थानीय सरकार पुर्वतयारीमा रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए । 

उनका अनुसार बाढि पहिरो, सडक अबरुद्ध देखि घर भत्कीने लगायतका जोखिमबाट आम नागरिकलाई सुरक्षित राख्न पुर्वतयारी स्वरुप आवश्यक संयन्त्र तयारी अबस्थामा राखिएको छ ।

सामुदायिक विकास कार्यक्रम सिडिपीले जुम्लाका स्थानीय तहलाई  विपद व्यवस्थापन को लागि लाखौको सामान दिइसकेको छ । 

भने किर्डाक नेपालले पनि विपद पुर्वतयारीका लागि सामान दिएको छ ।

स्थानीय तहमा पनि राहात उद्दार समिति तथा कोष मार्फत उद्दारका कार्यहरु भइराखेका छन् ।  

वर्षातको समयमा बाढि पहिरोबाट हुन सक्ने क्षतिको व्यवस्थापन, खोज तथा उद्दारको क्षेत्रमा स्थानीय तहले आवश्यक सहयोग गरिरहेको छ । 

वर्षाको समयमा बाढि पहिरोबाट हुन सक्ने क्षति रोक्न आवश्यक सामाग्री जुम्लाका स्थानीय तहलाई दिइएको हो ।

एक नगरपालिका सहित सात गाउँपालिकामा विपद व्यवस्थापनका लागि आधिकारीक व्यक्तिनै तोकिएको छ ।

अचानक केहि भएको खण्डमा सम्पर्क गर्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रत्येक गाउँपालिका अध्यक्ष तथा सम्पर्क व्यक्तिका नाम नम्बर नै सार्वजानिक गरेको छ । 

जसमा तातोपानी गाउँपालिकामा अंगराज डाँगाी, चन्दननथा नगरपालिकामा लक्ष्मीचन्द्र न्यौपाने, पातारासीमा टेक बहादुर बुढाथापा प्रमुख प्रशासकिय अधिकृत, गुठिचौरमा अम्मरराज गिरी ,तिलामा जग बहादुर बस्नेत, हिमामा लोक प्रसाद उपाध्याय, सिंजामा धर्मराज न्यौपाने र कनकासुन्दरीमा दामेदार प्रसाद आर्चायलाई विपद व्यवस्थापन संयोजक तोकिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । 

उनका अनुसार जिल्लाभरी हुन सक्ने विपद व्यवस्थापन तथा राहात उद्दारका लागि दैविक प्रकोप उद्दार समिकिा सबै सयंन्त्रहरु तयारी अवस्थामा राखिएको छ ।

बाढि पहिरोको हिसाबले पातारासी, कनकासुन्दरी उच्च जोखिममा रहेको ठाउँहरु हुन् ।

साथै जिल्ला प्रशासन, नन्दा बक्स गण जुम्ला, शसस्त्र प्रहरी बलनं.३३ गण र जिल्ला प्रहरी कार्यालय राहात र उद्दारका लागि तैनाथ अबस्थामा रहेको छ । 

त्यहाका आम नागरिकलाई उच्च सतर्कता अपनाउन पनि सुझाब दिइएको छ ।

आठ वटै स्थानीयतहमा राहात उद्दारका विभिन्न सामान, विल्छा, रेनकोट, बुड जुत्ता, डोरी, त्रिपाल लगायत सबै सामान तयारी अबस्थामा राखेको नगरपालिकाका विपद व्यवस्थापन सम्पर्क व्यक्ति लक्ष्मी चन्द्र न्यौपानले बताए । 

जोखिम घटाउन तालिम

विपद व्यवस्थापनका बारेमा चर्चा चलिरहँदा किर्डाक नेपाल जुम्लाले यहाँका संचार कर्मीलाई विपद जोखिम न्युनिकरणमा संचार क्षेत्रको भुमिकाको विषयमा तालिम दिएको छ ।
जूम्लामा कार्यरत राष्ट्रिय तथा स्थानीय संचार माध्यममा काम गर्ने पत्रकारलाई विपद जोखिम कम गर्न कसरी रिर्पोटिङ गर्ने भन्ने बारे सिकाइएको छ । 

भने, विपद शब्दावली तथा नेपालका विपदका अवस्थाका बारेमा पहिलो दिन सिकाइएको, प्रशिक्षक कमल बहादुर छत्यालले बताए ।

उनका अनुसार विपदको जोखिम घटाउन पत्रकारको भुमिका निकै महत्वपुर्ण रहने छ । तालिम विहिबार सम्पन्न हुनेछ । 

०००
 



प्रकाशित: २०७६ साउन १
July 17th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्