नेपाली समय: ०५:०५:२० बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

जुम्लामा १५ लाख बढिको मासु खपत


निर्माण सञ्चार, २ साउन, काठमाडौं । जुम्लामा साउने संक्रान्तीको अबसर पारी दुई दिन भित्र मात्रै झण्डै १५ लाख बराबरको मासु खपत भएको छ ।

खसी, भैसी र कुखुराको गरी असार ३१ र साउन १ गते सम्मको कारोबारलाई मध्य नजर गर्दा झण्डै १५ लाख बराबरको मासु खपत भएको व्यवसायीहरुले बताएका छन् ।

जुम्लामा रहेका दुई दर्जन बढि मासु पसल तथा फ्रेश हाउसमा दुई दिन मासु लिनका लागि पालो कुर्नुपर्ने अवस्था थियो । भने दुई तिन दिन अगाडीबाटै समेत अर्डर आएको थियो ।

साउन १ गते विहान गरिएको रिर्पोटिङ अनुसार ग्रिल्याण्ड होटलमा १५, रावल फ्रेश हाउसमा ८, बस्नेत फ्रेश हाउसमा ६, अमृत फ्रेश हाउसमा ८, र सुर्खेती फ्रेश हाउसमा १० गरी झण्डै ४५ बढि खसी काटिएका थिए । 

भने कालेखोली, बसर्पाक, भारतीबाडा, विजयनगर, एयरर्पोट, लगायतका सदरमुकाम भरी रहेका दुई दर्जन बढि फ्रेश हाउसमा अनुमानीत झण्डै एक सय बढि खसी मात्रै काटिएको हुन सक्ने स्थानीय लालुनाथ योगीले बताए । 

उनका अनुसार विहानै बाट आउँदा झण्डै ३ घण्टा पर्खिदा पनि मासु नपाएको सुनाए । प्रतिकेजी सात सय रुपैया दरले जुम्लामा धमाधम मासु विक्री भएको छ ।

होटल ग्रिल्याण्डले १५ खसीको अनुमानीत २५ केजीका दरले सात केजीका हिसाबले झण्डै ३ लाखको कारोबार गरेको छ । 

त्यस्तै रुपमा सुर्खेती फ्रेश हाउसले २ लाख, अमृत प्रेश हाउसले १ लाख ७० हजार, रावल फ्रेश हाउसले १ लाख ५० हजार र बस्नेत फ्रेश हाउसले १ लाख २० हजार गरी झण्डै १० लाख बराबरको कारोबार भएको छ ।

रावल प्रेश हाउसका मालिक नरेन्द्र रावलका अनुसार साउने संक्रान्ती मध्यको सबै भन्दा बढि खसीको मासु खपत भएको वर्ष पनि यहि हो । 

अझै माग अनुसार पुराउन सकिएन, दुईकेजी भनेकालाई एक केजी, एक केजी भनेकालाई आधा  केजी गरेर पुर्याएको बताए ।

यता राज फ्रेश हाउसका अनुसार कुखुरा आईनपुगेकोले  खसीको मासु धेरै खपत भएको बताए ।

दुई दिनको अवधिमा कुखुराको मासुबाट झण्डै ४० हजार बराबरको मात्रै कारोबार भएको राजफ्रेश हाउसले जनाएको छ ।

त्यस्तै कृत्तिक फ्रेश हाउसले पनि कुखुरा नआउँदा खसीको मासु बढि खप भएको जनाएको छ ।

भने, कालेखोली लाईनमा रहेका भैसी मासु सपलमा पनि दुई दिन देखि निकै भिडभाड थियो । 

दुई दिन भित्र झण्डै ५ देखि ८ भैसी सम्म काटिएका छन् । भने भैसी राँगाको मासुबाट झण्डै ५ लाख बराबरको कारोबार भएको छ ।

विगतको भन्दा जुम्लाका मासु पसलहरु व्यवस्थीत हुदै गएपछि मासु खपत बढ्दै गएको उद्योग बाणिज्य संघका अध्यक्ष रज्जव अलि मनिहारले बताए । 

अझै मासु पसलको नियमित अनुमगन कडाई गरिने उल्लेख गरे ।

भने स्वास्थ्यकर्मीहरुले मासुलाई राम्रो संग पकाएर खान सुझाब दिएका छन् ।

कर्णालीमा साउने संक्रान्तीलाई एक ठुलो पर्वका रुपमा मनाउने गरिन्छ ।

माछा मासु सेल रोटी बनाएर पोईला गएकी छोरीहरु आएर रमाईलो गरी साउने संक्रान्ती मनाउने गरेको संस्कृत विद रमानन्द आर्चायले बताए । 

 

०००
 



प्रकाशित: २०७६ साउन २
July 18th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्