नेपाली समय: ०५:११:५५ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

दशैं अघि नै चल्ने भो नारायणीमा पानी जहाजः सफल भयो परीक्षण !

निर्माण सञ्चार, ४ साउन, चितवन । नारायणी नदीमा गरिएको परीक्षण सफल भएपछि बन्दै गरेको पानी जहाज अर्थात् ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने पक्का भएको छ । 

चितवनको काप्रेघाटमा हाल निर्माणाधीन रहेको उक्त पानी जहाजको निर्माता रहेको छ राइनो वाटर इन्टरटेन्मेन्ट प्रालि । शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी राइनो वाटरले यसबारे जानकारी दिएको हो ।

प्रविधि कुन ?

नेपालमा वाटर–पूर्वाधार विकासको पछिल्लो बहस बनेको छ पानी जहाज । नारायणी नदीमा आउने २ महिनाभित्र सञ्चालनको तयारीमा रहेको उक्त क्रुज सिप नर्वेजियन प्रविधिमा बनेको छ ।

यसमा भारतीय प्राविधिक सहित नेपाली जुटेका छन् । यसको सञ्चालन नेपालीले गर्ने छन् । ‘क्रुजसिप’ निर्माण कार्यमा यतिबेला नेपाली र भारतीय गरी ५० प्राविधिक खटिरहेका छन् ।

निर्माणस्थल हेर्दा उक्त ‘क्रुजसिप’ राख्न पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेसन बनाइएको आयोजकले बतायो ।

यसलाई ‘मिनी पानीजहाज’ भनिएको छ जसको क्षमता एक पटकमा २ सय जना बोक्ने  रहेको छ । यस अतिरिक्त यसमा सिप सञ्चालन गर्न आवश्यक १५ जना क्र्यू मेम्बर र प्राविधिक थप रहने छन् । 

परीक्षण गर्दा पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिने उनीहरुले बताए । त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान गरी उनीहरु अध्ययनमा छन् ।

मिनी पानीजहाज एक सय फिट लम्बाई र २५ फिट चौडाईको हुनेछ । 

कम्पनीका प्रवन्ध निर्देशक कँडेल अनुसार उक्त् ‘मिनी पानीजहाज’लाई दिनमा ३ सिफ्ट चलाउने योजना रहेको छ ।
जसको मुख्य केन्द्रबिन्दु भने भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाट रहने छ ।

तर, यो जहाज वर्षमा ९ महिना चल्ने छ भने ३ महिना बन्द गरिनेछ ।

पानीजहाज सञ्चालन गर्ने स्थानमा नदी नियन्त्रण गर्न प्रदेश ३ सरकारले यस अघि नै ९५ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

योसँगै उक्त क्षेत्रमा राइनो वाटरलले रिर्सोट पनि सञ्चालन गर्ने तयारी गरेको छ । रिसोर्टका लागि उसले ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षका लागि जग्गा भाडामा लिएको छ ।

यसलाई ‘मिनी पानीजहाज’ भनिएको छ जसको क्षमता एक पटकमा २ सय जना बोक्ने  रहेको छ
उक्त सी रिसोर्ट निर्माण गर्न ३५ करोडको लागत अनुमान गरिएको प्रवन्ध निर्देशक कँडेल बताउँछन् ।


०००

To see front face coverage, click here

 

 



प्रकाशित: २०७६ साउन ४
July 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार