नेपाली समय: ०५:०३:३४ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

मनै लोभ्याउने जुम्लाको भूमि पोर्खीः त्यही ‘युद्धकालीन’ स्मारक हो जहाँ प्रचण्डदेखि बाबुराम बादलहरु सेल्टर गर्थे ! !


निर्माण सञ्चार, ५ साउन, काठमाडौं । प्राकृतिक सुन्दरताले भरिएको जुम्लाको पोर्खी आफैमा एक ऐतिहासिक ठाउँ हो । गोठे सल्लोको काठबाट बनेका परम्परागत घर देखि त्यहाको प्राकृतिक सुन्दरता र स्वच्छ वातारणले सबैको मन लोभ्याउँछ ।

त्यहाँको जीवनशैली अन्य ठाउँको भन्दा निकै फरक छ । खानपान, लवाई खुवाई देखि सबै कुराले पोर्खीको परम्परा झल्काउँदछ । जो हेर्दा र सुन्दा निकै आनन्द आउँछ । 

तिला ७ पोर्खी तिरको मेरो पहिलो यात्राले त्यहाको वाताबरण, गाउँलेको न्यायो आतिथ्यता, अझै युद्धकालिन पर्यटन संग जोडिएको कुरा सुन्दा त अहिले पनि पोर्खी मै छु जस्तो लाग्छ । 

प्राकृतिक सुन्दरताले त पर्यटकको मन लोभ्याउँछ नै तर १० वर्षे जनयुद्धको महासंग्राम स्थल, देशका सयौ नेता बस्ने ठाउँ र युद्धको भुमरिबाट गुजरीएको पोर्खी गाउँबाट इतिहास बुझ्दा निकै अचम्मित हुन्छु ।

पोर्खी गाउँ अहिले दुई कुरामा निकै चर्चीत छ । एक प्राकृतिक सुन्दरता अर्को युद्धकालिन पर्यटन क्षेत्र । 

त्यहाका स्थानीयको भनाई अनुसार द्धन्दकालको बेलामा लडाकुहरुका लागि पोर्खी घरबास कार्यक्रम (होमस्टे) जस्तै थियो ।

देशका सयौ नेतालाई पोर्खीका स्थानीयले वर्षौ सम्म पालेका थिए ।

माओवादि र नेपाली सेनाको दोहोरो आन्दोलनमा आफ्नो ज्यान दाउमा राखी पोर्खीका झण्डै ४५ घरधुरीले देशका अहिले मन्त्री सासंद भएकाहरुलाई पालेका थिए ।

अहिले परिस्थिती अर्कै भएपनि राज्य व्यवस्था फेरिए पनि पोर्खीका स्थानीयले १० वर्षे  द्धन्दमा पर्यटक पालेको, ज्यान बचाएको विर्सेका छैनन् । 


ओजेलमा युद्धकालिन होमस्टे

 

नेपालको दस वर्षे जनयुद्धमा बाँस बस्ने, खाने, हिड्ने सेना देखि माओवादि लुक्ने सेन्टी गर्ने र युद्धको ग्रान्ड डिजाईन बनाउने, जुम्लाको एक मात्र स्थान तिला गाउँपालिका ७ को पोर्खी गाउँ हो ।

जहाँ जनयुद्धका नाईके प्रचण्ड बाहेक अधिंकाश केन्द्रीय तथा स्थानीय नेताले पोर्र्खीका घरघरमा बसेर खाएका छन् ।

भने त्यहाका हरेक स्थानीय संग जनयुद्धका नेताको युद्धकालीन सम्बन्ध छ । 

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, तर लोकतन्त्र गणतन्त्रले भने अझै पनि युद्धकालीन होमस्टे पोर्र्खीलाई छोएको छैन ।

स्थानीय मेगनाथ योगीले भने, दस वर्षे जनयुद्धको बेला पोर्र्खीलाई युद्धकालीन होमस्टे भन्थे ।

जतिबेला देशका अधिकांश नेता युद्ध सफल बनाउनका  लागि त्यहि खान्थे बस्ने । 

जिल्लाकै एकान्त सुन्दर ठाउँ भएकोले पनि नेताको गोप्य ठाउँ थियो पोर्र्खी । 

यो त्यही ‘युद्धकालीन’ स्मारक हो जहाँ प्रचण्डदेखि बाबुराम बादलहरु सेल्टर गर्थे ! 
पोर्र्खी केन्द्रिय नेता बाबुराम भट्रराई, राम बहादुर थापा बादल, जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी, देव गुरुङ, खड्क बहादुर विक, हिसिला यामी, दिवाकर, धनजित शाहि, रणविर, लगायत केन्द्रिय अधिकांश नेताको बस्ने ठाउँ थियो ।

भने  स्थानीय, गजेन्द्र महत, नरेश भण्डारी, नवराज बुढा, महेन्द्र बहादुर शाहि, पर्वत गौतम, पदम भण्डारी, गोवा कुवँर, सुरेस पहाडी, विष्णुमाया बुढा, गंगादेवि उपाध्याय लगायत स्थानीय नेताहरु पनि त्यहि बस्थे ।

यी केन्द्र तथा स्थानीय नेता अहिले सबै संघिय, प्रदेश तथा स्थानीय तहको मन्त्री, सांसद देखि अध्यक्ष समेत छन्, तर पोर्खिको अबस्थाले भने काँचुली फेरेको छैन । 

अर्का स्थानीय नौसेर रोकायाका अनुसार युद्धकालमा पोर्र्खीलाइ एक जिल्ला हेडक्वाटरका रुपमा लिईन्थ्यो ।

त्यो बेलाका सभाहल, सेन्टीपोष्ट अझै पनि छन् ।

तर युदकालमा आफ्नो कर्मथलो बनाएका मन्त्री सांसद भएकाहरुले फर्केर पनि पोर्खिलाइ नहेरेको गुनासो जन मानसमा छ । 

कालिकोटका महेन्द्र बहादुर शाहि अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री छन्, जुम्लाकै नरेश भण्डारी प्रदेशमा मन्त्री छन्, गजेन्द्र महत प्रतिनिधिसभा सांसद छन्, विष्णुमाया बुढा तिलाकी उपाध्यक्ष छिन् , गंगादेवि उपाध्याय तातोपानी उपाध्यक्ष छन्, अधिंकाश केन्द्रीय नेता मन्त्री देखि सांसद छन् तर पोर्खी गाउँको पीडा जस्ताको तस्तै छ । 

स्थानीय सरकारले लगानी गर्न नसकेको स्थानीयको गुनासो छ ।

पोर्खिलाइ युद्धकालिन पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने स्थानीयको माग छ । 

तर कसैले पनि पहल कदम चालेका छैनन्, भने युद्ध समाप्ती पश्चात हाल सम्म कोहि फर्केर पनि गएका छैनन् ।

पोर्खीमा अहिले सम्म पनि युद्धकालका सूचना कार्यालय, सेन्टीपोष्ट  छन । 

 

पोर्खीको पहिचना परम्परागत घर 

 

पोर्खी तिला गाउँपालिकाको ७ मा पर्ने गाउँ हो ।

जुम्ला सदरमुकामबाट झण्डै ३५ कोष टाढा छ । भने समुद्री सतह देखि १५ सय मिटर उचाईमा छ ।कर्णाली राजमार्ग देखि पनि १५ किलोमिटर उचाईमा छ ।

युद्धकालमा नेताको पालन पोषण गर्दै, युद्धको चपेटामा परेपनि परम्परागत घरले पोर्खिको पहिचान दिइरहेको थियो । जुन पहिचान अहिले सम्म पनि यथावतै छ । 

लस्करै परेका काठले मात्रै छापेका घरहरु छन । ठिगे सल्लोको काठबाट घर निर्माण पछि, छत लगाउने त्यहाँको चलन छ । जुन निकै नमुना योग्य तथा आकर्षक छ । 

झण्डै ४५ घरधुरी रहेको पोर्खीमा विगत हजारौ वर्ष देखि त्यस्तै छत हाल्दै आएका छन् ।

जिल्लाबाट तिला गाउँपालिकाका उच्च भुभागमा घुम्न जाने मान्छे त्यहा नगई फर्किदैनन् । 

पहिलो कुरो युद्धकालिन होमस्टेले परिचित र दोस्रो कुरो परम्परागत घरले गर्दा झट्ट सबैको नजर पोर्खि गाउँमा परिहाल्छ । 

स्थानीय किरण रोकायाका अनुसार एकचोटी छत छापे पछि झण्डै ८० वर्षका लागि पुग्छ ।भने, पछि जिर्ण हुदै गएपछि पुन काठका चिरपट निकालेर छाप्नु पर्छ । 

रोकायाले थपे, चिटिक्क परेका घर, सफा वातावरण, शौचालय घर घरमा छन् । 

कसैले टाडाबाट हेर्दा गोठ पनि भन्छन् तर पछि गाउँमा आउँदा सबै दृष्य देखेर मख्खै पर्छन ।

तर पनि युद्धकालिन पर्यटन स्थल पोर्खीका बारेमा अहिले सम्म कसैले पनि खोजीनीति गरेका भने छैनन् । 

सम्भावना भएको तर अवसर नपाएको युद्धकालिन पर्यटकिय क्षेत्र पोर्खी हो ।

तिलाका स्वास्थ्य सह–संयोजक गणेश शाहिलको युद्धको पर्यटकिय स्थल पोर्खीको विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्ने माग छ ।

विशेषगरी पोर्खीबाट युद्ध गरी अहिले नेता भएकाहरुले पहल गर्नु पर्छ । युद्धकालीन पोर्खीका कार्यालय सचिव जगदिश विसी भन्छन, अपेक्षा अनुसार पोर्खीको विकास हुन सकेको छैन । 

पोर्खीमा तिनै तहका सरकारले बजेट तथा पुर्वाधार निर्माणमा जोड दिनुपर्ने हो । 

उनका अनुसार पोर्खीलाई युद्धकालमा हात हतियार बनाउनने, पठाउने अड्डा र संचार केन्द्रका रुपमा लिईन्थ्यो ।

पोर्खीको विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकारले बजेट लगानी गर्ने नागरिको आशा छ ।

तिलाकी उपाध्यक्ष विष्णुमाया बुढाले युद्धकालीन पर्यटकीय स्थलको विकासमा हामी चुकेको बताईन ।

उनले आगामी दुई वर्षमा पोर्खीलाई युद्धकालिन पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक बजेट छुट्याउने प्रतिवद्धता गरिन् ।


०००

 



प्रकाशित: २०७६ साउन ५
July 21st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्