नेपाली समय: ०४:५०:१० बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

नेपालको कमजोर ब्याटिङः कतारलाई १२३ रनको लक्ष्यः लाइभ...

निर्माण सञ्चार, ७ साउन, ०७६, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा खेल जारी छ । जहाँ नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा नेपालले मात्रै १२२ रन बनाउन सफल भयो । 

यो नेपालले कतारलाई दिएको सामान्य लक्ष्य हो ।

कस्तो रह्यो गेम ?

ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । सुरुवाती राम्रो भए पनि ५.६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट हुन पुगे । यसबाट नेपालको विकेट पतन सुरु भयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उकास्न खोजे पनि अपेक्षाकृत उचाइ लिन सकेन । उनले सर्वाधिक ३४ रन बनाए  भने सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

अहिले खेल जारी छ ।

 

https://www.facebook.com/SingaporeCricket/videos/354870398525715/  

०००

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन ७
July 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार