नेपाली समय: ०४:४५:३५ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

आइसिसी टी–२० विश्वकप क्रिकेटः कमजोर कतारसँग नेपालको पराजय

निर्माण सञ्चार, ७ साउन, ०७६, काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालको शर्मनाक पराजय भएको छ । यसर्थमा कि, नेपालका लागि कमजोर प्रतिद्वन्द्वी कतारसँग नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

कतारका लागि इनाम उल हकले ४१, कमरान खानले २२, नौम्यान सरवारले १५, जाहिर इब्राहिमले १२ रनको योगदान दिएका थिए भने नेपालका लागि सन्दिप लामिछानेले ३ र करण केसीले १ विकेट लिन सफल भएका थिए ।

यसअघि इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।

०००

यो पनि पढौं 

नेपालको कमजोर ब्याटिङः कतारलाई १२३ रनको लक्ष्यः लाइभ...

 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन ७
July 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार