नेपाली समय: ०१:०५:५० अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

जाँदै गर्दा संस्कृत विश्वविद्यालय उपकुलपतिको वितण्डाः कार्यकारि परिषद् विनै धमाधम नियुक्ति

निर्माण सञ्चार, साउन ७, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पनि पूर्वाञ्चल विश्वविद्यालयको पथगामी भएको छ । 

कार्यकारि परिषद् विनै उपकूलपति प्रा डा घनश्याम लालदास र कूलसचिव प्रमिला थापाले गरेको नियुक्तिले विवाद सिर्जना गरेपछि यो मुद्दा विश्वविद्यालय कुलपति तथा प्रधानमन्त्रीले भिटो लगाउनु पर्ने ठाउँमा पुगेको थियो ।

प्रधानमन्त्रीको ठाडो आदेशमा बनेको छानबिन समितिले जथाभावी गरेको निर्णय बदर गरेपछि उपकुलपति दास र कूलसचिव थापा यतिबेला नैतिक संकटमा छन् । मात्र २ जना पदाधिकारीले कार्यकारि परिषद् विना गरेको नियुक्ति काण्डले गर्दा यतिबेला उनीहरुलाई पदावधि सकिनु अगावै राजिनामा गर्न चौतर्फी दबाब आइरहेको अवस्था छ । 

क्यानडा प्रकरणमा विवादास्पद बनेका उपकुलपति कोइरालाले त्यतिबेला कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ‘ज्ञानेन्द्रलाई त फालियो ओलीजी को हो र ?’ जस्ता सार्वजनिक टिप्पणी गरेका कारण आलोचनाका पात्र बनेका थिए

विश्वविद्यालय नियम विपरीत मनलाग्दी गरेपछि पदाधिकारीको हालत कस्तो हुन्छ भन्ने उदाहरण मात्र हो यो ।

संस्कृत विश्वविद्यालयका उपकूलपति ‘असक्षम’

पूर्वाञ्चल विश्वविद्यालयकै जस्ता घटना दोहोरिएको छ नेपाल संस्कृत विश्वविद्यालयमा । उपकूलपति डा कुलप्रसाद कोइरालाले गरेका नियुक्तिहरु यतिबेला विवादग्रस्त बनेका छन् । 

आफ्नो पदावधि सकिन जम्मा २९ दिन बाँकी रहेकै बेला उपकुलपति कोइरालाले याज्ञवल्क्य विद्यापीठ मटिहानी र महोत्तरीमा २ जना व्यक्तिलाई निमित्त प्राचार्य बनाएपछि विवाद सतहमा आएको छ ।

उपकुलपतिको कदम विरुद्ध यतिबेला कर्मचारीहरु तालाबन्दी गरेर विरोधमा उत्रिएका छन् भने उक्त आन्दोलनमा विद्यार्थीहरुले समेत विज्ञप्ति निकालेर समर्थन गरेको अवस्था छ ।

उपकुलपति पद बहाली हुँदै विभिन्न क्याम्पसका प्राचार्यहरुलाई ३–३ महिने म्याद थप्दै आएको विश्वविद्यालय प्रशासनले विश्वविद्यालय नियम अनुसार अब थप गर्न नमिल्ने भएपछि मनोमानी निर्णय गर्न पुगेका हुन् ।

यस अघि क्यानडा प्रकरणमा विवादास्पद बनेका उपकुलपति कोइरालाले त्यतिबेला कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ‘ज्ञानेन्द्रलाई त फालियो ओलीजी को हो र ?’ जस्ता सार्वजनिक टिप्पणी गरेका कारण आलोचनाका पात्र बनेका थिए ।

विश्वद्यिालय कूलपति विरुद्ध यस्तो अभिव्यक्ति दिएपछि उनलाई विश्वविद्यालय भित्र ‘कार्यकारी काम गर्न भन्दा पनि नेतागिरी गर्न मात्र आउने रहेछ’ भनी आलोचना भएको थियो ।

प्रधानमन्त्रीसँगको सम्बन्ध चिसिएपछि सरकारको साथ समेत नपाएका कोइरालाले जाने बेलामा खल्तीबाट व्यक्ति नियुक्त गरेको भन्दै प्रगतिशील प्राध्यापक संगठनको नेतृत्वले विज्ञप्तिबाजी गरी नियुक्तिको खारेजीको माग गरेको छ ।

कार्यकालभरि १६–१० (भिसीको विशेषाधिकार) लगाउँदै विवादमा तानिदै आएका उपकुलपति कोइराला जाँदै गर्दा ‘असक्षम’ भिसीका रुपमा दर्ज भएका छन् । आफ्नो कार्यकाल भरि विश्वविद्यालयको उचाइ उठाउने कुनै पनि आन्तरिक काम भने गर्न सकेको देखिदैन । 

अंग्रेजी साहित्यका रिडर पौडेलले भनेका छन्, ‘बोली र कामको कुनै तादाम्य छैन । अब २९ दिन कार्यकाल बाँकी हुँदा भर्खरै याज्ञवल्क्य विद्यापीठ मटिहानी, महोत्तरीमा २ जनालाई निमित्त प्राचार्य बनाएको र त्याहाँ कार्यरत कर्मचारीहरूले तालाबन्दी गरेको बिज्ञप्ति आएको छ ।’

तत्कालीन काँग्रेस सभापति सुशील कोइरालाबाट नियुक्त पाए पनि संस्कृत विश्वविद्यालयमा भने उनी काँग्रेसबाटै असहयोगको शिकार भए । 

‘दल भन्दा पनि पछिल्ला दिनमा उनी भारत, चीनदेखि क्यानडासम्मका भ्रमणहरु हेर्दा असली काँग्रेस भन्दा पनि आफ्नो फाइदा लिन सक्रिय ग्रुपको अख्तियारी रहेजस्तो सिद्ध गर्न पुगे । त्यसैले कोइराला काँग्रेस प्रतिनिधि जस्ता देखिन सकेनन्’ भन्छन् नेपाली काँग्रेस निकट प्राध्यापक संघका एक वरिष्ठ प्राध्यापक ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक कोइरालाको संस्कृतको कार्यकाल भने उनको छविमाथि नै प्रश्न चिह्न उठाउने किसिमको रहन गयो । 

अन्य विश्वविद्यालयबाट नियुक्ति भएका कारण सुरुदेखि नै उनले आफू निकटस्थहरुबाट चल्न खोजे, परिणाम भयो, काँग्रेसबाटै पनि उनी अलगथलग हुन पुगे ।

भिटो मात्र उपयोग गरेकै कारण काँग्रेस कोटाबाटै कूलसचिव बनेका कात्र्तिकेय झाबाट समेत उनले नराम्रो सबक सिक्नु परेको थियो ।

कूलसचिवकै विरुद्धमा उपकुलपति लागेपछि काँग्रेस सभापति शेरबहादुर देउवाको कोर्टमा पुगेको विवादले उपकुलपति रहेका कोइरालालाई कूलसचिव झासँग माफी माग्नु पर्ने अवस्थामा समेत पुराएको थियो ।

उनलाई यतिबेला ‘इतिहासकै असक्षम र पंगु’ पदाधिकारीको संज्ञा दिएका छन् नेपाल प्रगतिशील प्राध्यापक संगठनका नेता कृष्ण पौडेलले । आफ्नो फेसबुक वालमा प्रतिक्रिया हाल्दै उनले भनेका छन्, ‘स्थापनाकालदेखि यो कार्यकालसम्म आइपग्दा लाग्छ यति लफंगो नेतृत्व विश्वविद्यालयले पाएकै थिएन ।’

अंग्रेजी साहित्यका रिडर पौडेलले भनेका छन्, ‘बोली र कामको कुनै तादाम्य छैन । अब २९ दिन कार्यकाल बाँकी हुँदा भर्खरै याज्ञवल्क्य विद्यापीठ मटिहानी, महोत्तरीमा २ जनालाई निमित्त प्राचार्य बनाएको र त्याहाँ कार्यरत कर्मचारीहरूले तालाबन्दी गरेको बिज्ञप्ति आएको छ ।’

पौडेलले १३ जनालाई ३ महिना भन्दै समय थप्न मिल्ने तर यो विषयमा थप्न नमिल्नुको पछाडि के छ त तर्क ? भनी प्रश्न गरेका छन् । उनका अनुसार उपकुलपतिको यो कदमले विश्वविद्यालयलाई थप अराजकता तर्फ धकेल्ने काम गरेको छ ।

कूलपतिको पछिल्लो कदम पछि यतिबेला संस्कृत विश्वविद्यालय भित्र ‘आउट गोइङ’ पदाधिकारीको सफलता असफलता मूल्यांकन भइरहेको छ एकातिर भने अर्काेतिर नेकपा निकट दुई खेमा (पूर्व एमाले र पूर्व माओवादी) बाट को को भिसी बन्ने भन्ने दौड समेत सुरु भइसकेको छ ।

स्थानीय प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विरोधस्वरुप निकालेको विज्ञप्ति

स्थानीय प्राध्यापक तथा विद्यार्थी संगठनले उपकुलपति कोइरालाको कदम विरुद्ध निकालेको विज्ञप्ति 
 

०००

यो पनि पढौं 



प्रकाशित: २०७६ साउन ७
July 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार