नेपाली समय: ०५:५०:४२ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

स्वास्थ्य संस्थामा पहुँच पुर्याउन दुर्गमका गर्भवतीलाई फिल्टर वितरण


निर्माण सञ्चार, ८ साउन, काठमाडौं । तिला ८ पुरु गाउँकी बास्मती नेपाली शुद्ध खानेपानी पिउन फिल्टर पाउँदा निकै खुसी भइन् ।

उनी अहिले ८ महिनाकी गर्भवती छिन् । दुर्गम वस्तीमा सधै दुषित पानी खाईरहेकी उनी गर्भ अवस्थामा फिल्टर पाउँदा खुसी नहुने कुरै भएन ।

नियमित स्वास्थ्य संस्थामा चार पटक चेक गराए वापत उनले फिल्टर पाएकी हुन् । 

फिल्टर पाउँदा बास्मती नेपाली जस्तै दुर्गमका सयौ गर्भवती महिला खुसी भएका छन् ।
बच्चा गर्भमा रहेदेखि जन्मीएको दुई वर्ष सम्मको अवधि, सुनौला हजार दिन भित्रका गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन पनि फिल्टर दिइएको हो ।

पेट भित्रको बच्चा र आमाको स्वास्थ्यमा कुनै असर नपरोस, शुद्ध पानी खाएर बच्चा जन्मीउन भन्ने सोच तिला स्वास्थ्य शाखाको हो । 

दुषित पानीको प्रयोग बाट गत वर्ष हिमाका ५० जना स्थानीय एकै साथ थला परेका थिए ।

त्यसमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला बढि प्रभावभित थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत रोग दुषित पानीका कारण लाग्ने पनि जनाएको छ ।

दुर्मग वस्तीहरुमा एक घर एक धारा त पुगेका छन् । 

तर पानी आउने मुहान देखि ट्यांकी हुदै धारा सम्म आउदा फोहोर साना धुलोका कण मिसिदै आएको हुन्छन् ।

अहिले वर्षातको समयमा सबै पानीका स्रोत दुषित छन् ।

बिना सुद्धिकरणको पानी दुर्गमका गर्भवती तथा आम नागरिक पिउन बाध्य छन् । 

दुर्गम तिला ९ राँसा, ढिपु, मालापानीका सयौ स्थानीय दैनिक दुषित पानी पिउँछन् । 

पछिलल्लो समय विभिन्न कारणले स्वास्थ्य संस्थामा चेकजाँच गर्ने, सुत्केरी हुने महिलाको संख्या घटेको छ ।

तिलाको स्वास्थ्य शाखाले सुनौला हजार दिन भित्रका गर्भवतीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन, अन्य महिलालाई स्वास्थ्य चौकी तर्फ आकर्षण गराउन फिल्टर वितरण गरिएको तिलाका स्वास्थ्य शाखा सहसंयोजक गणेश बहादुर शाहिले बताए । 

उनका अनुसार तिलाका १–९ सम्मका ३६ गर्भवती तथा सुत्केरीलाई फिल्टर वितरण गरिएको छ ।

जसमा प्रत्येक वडाका ४ जना गर्भवती महिलाका दरले ३६ जनालाई दिइएको छ । 

शाहिले भने, हाम्रो उद्देश्य भनेको शुद्ध खानेपानी खुवाउने, नियमित चेकजाँच गर्न महिला स्वास्थ्य संस्था आउन, उत्प्रेरित गर्ने हो । 

वर्षातको समय छ, खोलानालाको पानी पुरै दुषित छ ।

गर्भअवस्थामा दुषित पानी पिउँदा जुका पर्ने, झाडापखला लाग्ने, टाईफाईड हुने भएकोले पुर्वतयारी स्वरुप फिल्टर दिने नीति ल्याइएको सहसंयोजक शाहिको भनाई छ ।

जुम्लाका आठ स्थानीय तह मै पहिलो नमुना कामका रुपमा फिल्टर दिईएको हो । 

सुत्केरी भत्ता देखि वर्थिङ सेन्टरको सेवा नियिमत गराउन पनि उनले घोडे, रासा, जुम्लाकोट, कुडारी र रारालिहि स्वास्थ्य चौकी ईन्चार्जलाई सुझाब दिए ।

प्रति फिल्टर एक हजार ८ सयका दरले झण्डै ६० हजारको लागतमा ३६ जनालाई फिल्टर दिईएको छ । 

प्रत्येक दुई वडाका ८ जनाका दरले बच्चा गर्भ रहे देखि बच्चा २ वर्ष हुन्जेल सम्मका सुनौला हजार भित्रका महिलालाई फिल्टर र जग वितरण गरिएको हो ।

नियमित चार पटक चेकजाँच गरेका गर्भवति आमालाई फिल्टर वितरण गरिएको हो । तिला गापा स्वास्थ्य शाखाको आयोजनामा वितरण गरिएको हो । 

४, ६, ८ र ९ गरि चार पटक चेक गराएका महिलालाई फिल्टर दिएर प्रयोग विधिका बारेमा समेत सिकाईएको छ ।

वडानंं.६,७ पोख्री र घोडेका ८ जना रासा, खोप्री, मालापानी, ढिपु ९ का ४ जना जुम्लाकोटका वडा नं ८ का ४ जना, कुडारी स्वास्थ्य चौकीमा ३,४,५ का १२ जना र रारालिहका ८ जना गरि ३६ जनाले पहिलो चरणमा शुद्धपानी पिउन फिल्टर पाएका छन् ।

अहिलेको वर्षातमा दैनिक दुषित पानी खाएकी तिला ३ कि गोरीकला तिरुवाले स्थानीय सरकार आएपछि निकै राहात भएको बताईन । 

तिलाकी उपाध्यक्ष बिष्णुमाया बुढाले मातृ शिशु मृत्युदर शुन्यका झार्ने अभियानका साथ अघि बढेको बताईन् ।

२ र ३ दिनको बाटो हिडि रासा मालापानी पुगेर फिल्टर वितरण गरि उनले गर्भ अवस्थामा स्वास्थ्य सुरक्षाका लागि स्वयम् गर्भवती सजक हुनुपर्ने बताइन् ।

आव २०७६ र ७७ मा स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिदै गर्भवती महिला संग उपाध्यक्ष कार्यक्रमलाई प्रथामिकता दिइएको सुनाइन । 

सुनौला हजार दिन भित्रको अवधिमा बच्चाका ८० प्रतिशत बृद्धि विकास हुन्छ ।

उनले थपिन, शुद्ध स्वच्छ पानी, पोसिला खान खान सुझाव दिईन, स्थानीय तहले नियमित चेक गर्नेलाई पुरस्कार गर्ने बताइन् ।

फिल्टर वितरणले अन्य महिलालाई उर्जा मिल्ने, स्वास्थ्य संस्थामा नियिमत आउन सहज हुने बताइन् । 

कुडारी स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले गत वर्ष पोषणाका खाना दिएको बताए ।

उनले भने, पछिल्लो समय स्वास्थ्य संस्थामा महिलाको पहुँच घट्दै गएको र दुषित पानी खानु पर्ने बाध्यता रहेको बेला फिल्टर दिनु निकै सान्दर्भिक पहल भएको बताए ।

०००



प्रकाशित: २०७६ साउन ८
July 24th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्