नेपाली समय: ०५:०८:४७ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

बैंक शाखा खोल्न केन्द्रीय बैंकको स्वीकृति नचाहिनेः मर्जरलाई उत्साही बनाउने गरी आयो नयाँ मौद्रिक नीति

निर्माण सञ्चार, ८ साउन, ०७६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ का लागि नायाँ मौद्रिक नीति सार्वजनिक गरेको छ। 

सरकारले अघि सारेको समृद्ध नेपाल अभियानलाई टेवा पुग्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सघाउने उद्देश्य राखेर नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको गभर्नर डा चीरञ्जीवी नेपालको भनाइ छ । 

मौद्रिक नीति सार्वजनिक समारोहमा गभर्नर डा चीरञ्जीवी नेपाल
उनले मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारलाई जोड दिएको पनि बताए । मौद्रिक नीतिमा वाणिज्य बैंकहरुलाई मर्जरमा जान विभिन्न सहुलियतहरु दिनेबारे उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकले मर्जरका लागि ‘फोर्स मर्जर’ को नीति लिएर मौद्रिक नीति आउने आँकलन गरिरहेकै बेला मौद्रिक नीतिले ठूला बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन सहितको बाटो लिएर आएको छ । 

गभर्नर नेपालले बुधबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरमा जाने बैंकहरुका लागि विशेष सहुलियत दिने घोषणा गरेपछि बैंकिङ क्षेत्र उत्साही बनेको प्रतिक्रिया छ ।

के कस्ता छन् सुविधा मर्जरका लागि ?

डा नेपालले घोषणा गरे अनुसार ०७७ असार समान्त भित्र मर्जर सक्न्ने तथा त्यस लगत्तै एकीकृत कारोबार गर्ने बारे केन्द्रीय बैंक लचक रहेको स्पष्ट पारेका छन् ।

साथै, कुलिङ पिरियड हटाउने, बैंकहरुलाई लचकताका साथ लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने जस्ता प्रोत्साहनमूलक सुविधा घोषणा गरेका छन् ।

मर्जरका अफर

१. प्राथमिकता प्राप्त क्षेत्रका लागि गर्नै पर्ने न्यूनतम लगानी ०७८ असार मसान्तसम्म कायम गर्दा पनि हुने घोषणा

२. स्प्रेड दर ०७८ असार मसान्तसम्म ४.४ कायम गर्दा पनि हुने

३. अबका दिनमा शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने घोषणा

४. कार्यकारीहरुका हकमा कुलिङ पिरियड लागू नहुने घोषणा

५. ऋणपत्रका लागि गर्नै पर्ने लगानी ०७८ असार मसान्तसम्म गर्दा हुने अफर

 मौद्रिक नीतिको पूर्ण पाठ

https://drive.google.com/file/d/12Sq7sxhz-K7HBqC9bIJJ-lTcv9xghoYx/view  

०००
 



प्रकाशित: २०७६ साउन ८
July 24th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार