नेपाली समय: ०१:०२:२५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा श्री जनक शर्मा पौड्याल नियुक्त

निर्माण सञ्चार, १० साउन, काठमाडौं । श्री जनक शर्मा पौड्यालले औपचारिक रुपमा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार प्रारम्भ गरेका छन् । 

सन्राइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७६ साल आषाढ २७ गते बसेको ३२० औँबैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा श्री जनक शर्मा पौड्याललाई नियुक्त गरिएको थियो । 

प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७  बाट सेवामा प्रवेश गरी करीब ११ वर्षको कार्यानुभव बटुलेका थिए ।

त्यसै गरी एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्ष कार्य गरेका थिए ।

तत्पश्चात उनी अध्ययनको लागि बेलायत गए र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए ।

बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

उनीसंग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना , सोको संचालक–अध्यक्ष समेतको अनुभव  रहेको छ ।

उनीले बैंकिङ्ग क्षेत्रमा ३२ बर्ष भन्दा बढि कार्य गरीसकेका छन् ।  

 

०००



प्रकाशित: २०७६ साउन १०
July 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार