नेपाली समय: १२:५७:४५ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंक लिमिटेड तथा महिला चेम्बर अफ कमर्श बीच सहकार्य

निर्माण सञ्चार, १७ साउन, काठमाडौं । सन्राइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्श बीच व्यापार साझेदार सम्झौता  “एमओयु” मा हस्ताक्षर भएको छ ।

सो सम्झौता पत्रमा सन्राईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट  “ एड्भाइजरी सर्भिस अन बैंकिङ, अकाउन्टीङ एण्ड ट्याक्सन” सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ ।

साथै,संघले संघमा आवद्ध महिला आयात–निर्यातकर्ताहरुको लागि विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम सञ्चालन गर्ने र उक्त जानकारीबाट, उद्यमीहरुका अन्तराष्ट्रिय बजारमा पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।  

०००



प्रकाशित: २०७६ साउन १७
August 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार