नेपाली समय: ०१:०१:२६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंक लिमिटेडको बारा जिल्लाको सिमरामा शाखा बिस्तार

निर्माण सञ्चार, २० साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले सिमरामा ११४ औँ  शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक श्री राजन बिक्रम थापा तथा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको तथा जितपुर सिमरा उप महानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गरे ।

उक्त कार्यक्रममा  बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकको आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको छ ।


०००



प्रकाशित: २०७६ साउन २०
August 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार