नेपाली समय: ०१:०५:४६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सन्राइज बैंकले गर्यो बाराको निजगढमा शाखा सञ्चालन

निर्माण सञ्चार, २१ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकले निजगढमा ११५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा निजगढ नगरपालिकाका मेयर, श्री सुरेश कुमार खनाल तथा सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका थिए ।

निजगढ नगरपालिकाको उप–मेयर श्री लिला देवी लामिछाने खनालले ए. टि. एम. को उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा  बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन्राइज बैंकको ११५ वटा शाखा संख्या, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ । 

०००

 



प्रकाशित: २०७६ साउन २१
August 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार